बुधबार, पुस २, २०८२

बयानका लागि काठमाडौं ल्याइयो रविलाई, यसपछि चितवन लगिने

 |  बिहीबार, मंसिर १३, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १३, २०८१

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बयानका लागि काठमाडौँ ल्याइएको छ। 

National life

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त शर्माका अनुसार आज साँझ ५:१५ बजे बुद्ध एयरको विमानबाट लामिछानेलाई काठमाडौँ ल्याइएको हो।

लामिछानेविरूद्ध काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन गरेको अभियोगमा काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेकाले बयानका लागि लगिएको शर्माले बताए।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा सहकारीको रकम ठगी र सङ्गठित अपराध कसुरमा गत कात्तिक २ गते पक्राउ पर्नुभएका लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ। उनलाई बयानका लागि यसअघि रुपन्देही लगेर पुनः पोखरा ल्याइएको थियो। 

जिल्ला अदालत कास्कीको आदेशबाट पटक–पटक म्याद थप गर्दै प्रहरीले लामिछानेविरुद्ध सहकारीको रकम अपचलनसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको जनाएको छ।

Laxmi sunrise bank
kumari

काठमाडौंपछि उनलाई चितवन लगिनेछ। त्यहाँ पनि उनीविरुद्ध ठगीको उजुरी परेको छ।
 

प्रकाशित: Nov 28, 2024| 19:03 बिहीबार, मंसिर १३, २०८१
प्रतिक्रिया दिनुहोस्