शनिबार, माघ १०, २०८२

एनसेललाई प्राधिकरणले तिरायो जरिवाना

 |  बिहीबार, मंसिर १३, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १३, २०८१

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवाप्रदायक एनसेललाई कारबाही गरेको छ। शर्तबमोजिम गुणस्तरीय सेवा उपलब्ध नगराएको भन्दै नियामक प्राधिकरणले एनसेललाई कारबाही गरेको हो।

National life

फोरजी सेवामा गुणस्तर सुनिश्चित नगरेकोमा एनसेललाई ५० हजार रुपैयाँ जरिवाना तिराइएको प्राधिकरणले बताएको छ। भविष्यमा गुणस्तर सुनिश्चित गर्न प्राधिकरणले निर्देशन पनि दिएको छ।

एनसेललाई फ्रिक्वेन्सी उपलब्ध गराउँदा फोरजी सेवाको गुणस्तर र क्वालिटी अफ सर्भिस (क्यूओएस) का विभिन्न शर्त तोकिएको थियो। कम्पनीले तोकिएको मापदण्डअनुसार सेवा दिन नसकेका कारण रुपैयाँ जरिवाना तिर्न निर्देशन दिइएको हो।

फोरजी सेवाको गुणस्तर परीक्षणका लागि गरिएको ड्राइभ टेस्ट र अन्य प्रमाणहरूको विश्लेषणपछि एनसेलले अपेक्षित गुणस्तरीय सेवा दिन नसकेको प्राधिकरणले ठहर गरेको छ। दूरसञ्चार ऐनको दफा ४७ (१) मा प्राधिकरणले दिएको आदेश वा निर्देशनको पालना नगरेमा प्राधिकरणले त्यस्तो व्यक्तिलाई ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने सक्ने उल्लेख छ। ‘त्यस्तो कसुरबाट कसैको हानी नोक्सानी भएको रहेछ भने त्यस्तो हानी नोक्सानीको बिगो वा सोबापत क्षतिपूर्तिसमेत भराई दिन सक्नेछ,’ सो दफामा भनिएको छ ।

प्रकाशित: Nov 28, 2024| 17:03 बिहीबार, मंसिर १३, २०८१
प्रतिक्रिया दिनुहोस्