मंगलबार, चैत ३, २०८२

काठमाडौंमा फैलियो हैजा

काठमाडौंमा हैजाका बिरामी भेटिएको पुष्टि भएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले दुई जनामा हैजा रोगको जीवाणु पत्ता लागेको जानकारी गराएका हुन्।
 |  आइतबार, असार ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार ५, २०७९

काठमाडौं- काठमाडौंमा हैजाका बिरामी भेटिएको पुष्टि भएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले दुई जनामा हैजा रोगको जीवाणु पत्ता लागेको जानकारी गराएका हुन्। उनीहरू दुवै जना काठमाडौं महानगरपालिका बागवजारमा बसोवास गर्दै आएका एकै परिवारका सदस्य हुन्। 

National life

उनीहरू दुवै जनाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा उपचार भइरहेको छ। 

'गर्मी तथा वर्षायाममा विशेष गरी झाडापखालाका, हैजा तथा पानीजन्य रोग फैलने हुँदा सम्पूर्ण सरोकारवालाहरू सजग र सतर्क रहनु अति आवश्यक छ। यी रोगहरूको समयमा साबधानी नअपनाउनाले र समयमा निदान तथा उपचारको व्यवस्था गर्न नसक्नाले महामारीको रूप लिन सक्छ,' अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

अस्पतालले पानीलाई उमालेर प्रयोग गर्न र पटकपटक साबुनपानीले मिचीमिची हात धुन अनुरोध गरेको छ। 

काठमाडौंमा हैजाका बिरामी भेटिएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले रोकथाम तथा नियन्त्रणका लागि आकस्मिक बैठक बसी छलफल गरेको छ। महाशाखाले सतर्क रहनुका साथै हैजासम्बन्धी लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क राख्न अनुरोध गरेको छ। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 19, 2022| 20:11 आइतबार, असार ५, २०७९
प्रतिक्रिया दिनुहोस्