मंगलबार, चैत ३, २०८२

नेपाललाई २२ लाख डोज कोभिड खोप दिँदै अमेरिका

५ देखि ११ वर्षसम्मका बालबालिका लक्षित अत्यन्त प्रभावकारी, जीवनरक्षक खोप अमेरिकी जनताको उदारतामार्फत दिइन लागिएका हुन्।
 |  आइतबार, असार ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार ५, २०७९

काठमाडौं– नेपाललाई अमेरिकाले कोरोना महामारीविरुद्ध लड्न २२ लाख डोज कोरोना खोप सहयोगस्वरुप उपलब्ध गराउने भएको छ। यी खोप बालबालिकाको प्रयोगका लागि भएको काठमाडौंस्थित अमेरिकी दूतावासले आइतबार विज्ञप्तिमार्फत जनाएको छ। 

National life

‘५ देखि ११ वर्षसम्मका बालबालिका लक्षित अत्यन्त प्रभावकारी, जीवनरक्षक खोप अमेरिकी जनताको उदारतामार्फत दिइन लागिएका हुन्। यी खोप हालसम्म अमेरिकाले नेपाललाई प्रदान गरेको फाइजर खोपको २२ लाख ६० हजार मात्रा र जोन्सन एन्ड जोन्सनको एकल  मात्रा खोपको १५ लाख मात्रामा थपिनेछन्,’ अमेरिकी दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अनुदानले अमेरिका र नेपालबीचको ७५ वर्ष लामो कूटनीतिक सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वासले दूतावासको छ। 

‘कोभिड महामारीको सुरुदेखि नै यसविरुद्ध लड्न, अत्यावश्यक स्वास्थ्य सेवाको निरन्तरता सुनिश्चित गर्न र महामारीका सामाजिक तथा आर्थिक प्रभाव विशेषतः शिक्षा र जीविकोपार्जनमा नेपाललाई मद्दत गर्न अमेरिकी सरकारले नेपाल सरकारसँग प्रत्यक्ष रूपमा काम गर्दै आएको छ,’ दूतावासले भनेको छ। 

बाल फाइजर खोप अभियानको तयारीस्वरूप अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग युएसएआईडीले उक्त खोप लगाउने विषयमा ५६ जिल्लामा अग्रपंक्तिका स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहयोग गरेको थियो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 19, 2022| 13:20 आइतबार, असार ५, २०७९
प्रतिक्रिया दिनुहोस्