आइतबार, जेठ १७, २०८३

ताप्लेजुङमा पहिरोले बगायो आठ घर

निरन्तर वर्षाका कारण गाउँ–गाउँका बस्ती उच्च जोखिममा परेका छन्।
 |  आइतबार, असार ५, २०७९

रासस

रासस

आइतबार, असार ५, २०७९

ताप्लेजुङ– ताप्लेजुङमा पहिरोले आठ वटा घर बगाएपछि स्थानीय त्रसित भएका छन्। निरन्तर पानी परेपछि गएको पहिराले आठ घर बगाएको हो।

National life

गत बिहीबारयता जिल्लामा वर्षाका कारण बाढी–पहिरोले क्षति गर्न थालेको छ । जिल्ला विपद् व्यवस्थपन समितिका अनुसार सिरिजंगा गाउँपालिका–६ मामांखे गाउँमा दुई र वडा–७ खेवाङ गाउँमा एक गरी तीन घर पहिराले बगाएको छ। पहिरोका कारण ३५ घरपरिवार विस्थापित भएको समितिले जनाएको छ। 

विस्थापित परिवार अहिले सुरक्षित स्थानमा रहेको विद्यालयमा बस्दै आएको सिरिजंगा गाउँपालिका उपाध्यक्ष चित्र माबोले जानकारी दिए। गत शुक्रबार सिरिजंगामा पहिरोमा परी दुई जनाको मृत्यु भएको थियो ।

त्यस्तै, मिक्वाखोला गाउँपालिकामा तीन घर पहिराले बगाएको विपद् व्यवस्थापन समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताए।

फक्ताङलुङ गाउँपालिका–२ खेजिनेम गाउँमा दुई घर पहिराले बगाएको छ। ३० घरपरिवार विस्थापित हुन पुगेको फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले जानकारी दिए। उनका अुनसार जोखिमयुक्त बस्तीका घरपरिवालाई सुरक्षित स्थानमा बस्न आवश्यक सामग्रीसमेत गाउँपालिकाले उपलब्ध गराइसकेको छ।

Shivam cement

केही घरपरिवार विद्यालयको भवनमा समेत बस्दै आएको गाउँपालिकाले जनाएको छ। 

निरन्तर वर्षाका कारण गाउँ–गाउँका बस्ती उच्च जोखिममा छन् । सदरमुकामबाट गाउँपालिका केन्द्रसम्म पुग्ने सडक अवरुद्ध हुँदा यातायात सञ्चालनमा  समेत समस्या हुँदै आएको विपद् व्यवस्थापन समितिले जनाएको छ।

विपद्बाट बच्न सुरक्षित स्थानमा बस्नसमेत प्रशासनले जिल्लाबासीलाई अनुरोध गरेको छ।

प्रकाशित: Jun 19, 2022| 11:36 आइतबार, असार ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।