बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एसियाडमा नेपालको खराब शुरुवात, जापानसँग १-० ले पराजित

एसियाडमा नेपालको खराब शुरुवात, जापानसँग १-० ले पराजित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जाकर्ता- इन्डोनेसियाको जाकर्तामा भइरहेको एसियाड अर्न्तगत पुरुष फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपाली यु-२३ फुटबल टोलीले खराब शुरुवात गरेको छ।

पहिलो खेलमा एसियाली पावर हाउस मानिने जापानसँग १-० ले पराजित हुदै प्रतियोगितामा खराब शुरुवात गरेको हो।

सिकाराङस्थित विबावामुक्ति रंगशालामा भएको खेलमा नेपाल जापानको यु-२१ टिमसँग पहिलो हाफमानै १-० ले पछि परेको थियो। 

जहाँ जापानका लागि मिटोमा काउरुले खेलको ७ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। 

त्यसपछि दुबै टिमबाट कुनै गोल हुन सकेन र खेल जापानले १-० ले आफ्नो पक्षमा पार्‍यो। जापानले नेपालविरुद्ध निकै नै आक्रमक खेल प्रस्तुत गरेको थियो। यही समूह ‘डी’ मा भियतनामले पाकिस्तानलाई ३-० ले पराजित गरिसकेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।