बिहीबार, असार ३२, २०८३

आठ बर्षमै मेगा बैंकको मुनाफा अर्ब नाघ्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- मेगा बैंक नेपाल लिमिटेडको मुनाफा एक अर्ब नाघेको छ। 

स्थापनाको छोटो अवधिमै मेगा बैंकको बार्षिक खुद मुनाफा एक अर्ब नाघेको हो। गत आर्थिक बर्षमा बैंकको खुद मुनाफा ३२ प्रतिशतले बढेर १ अर्ब ४ करोड ६६ लाख पुगेको प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले जानकारी दिइन्।

‘मेगा बैंक स्थापनाको भर्खरै ८ बर्ष भएको छ। तर, यति छोटो अवधिमै बार्षिक नाफा एक अर्ब नाघ्नुलाई हामीले ऐतिहासिक सफलताको रुपमा लिएका छौँ।’, सिइओ खुञ्जेलीले भनिन, ‘अब हामी गर्वका साथ बिलिनियर क्लवमा प्रवेश गरेका छौँ। 

वास्तवमा २०७५ साल वैशाख ३० गते टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जर भएको हुनाले ९ महिनाको खुद मुनाफाबाट १४ करोड रुपैँया रिजर्भमा लगेर राखेका छौँ। यो सहित जोड्ने हो भने मेगा बैंकले गत आर्थिक बर्षमा १ अर्ब १९ करोड रुपैँया खुद मुनाफा आर्जन गरेको छ। 

मेगा बैंकको ग्राहक संख्या ९० प्रतिशतले बढेको छ। २ लाख ६० हजार ग्राहक रहेकोमा गत आर्थिक बर्षमा ४ लाख ९६ हजार पुगेको बैंकले जनाएको छ। 

आर्थिक बर्ष २०७३-७४ मा कुल निक्षेप ३८ अर्ब ९४ करोड रुपैँया भएकोमा २०७४-७५मा ६२ करोड रुपैँया पुगेको छ। जुन २४ अर्ब ३ करोड रुपैँयाले बढी हो। यसैगरी, सोही अवधिमा कर्जा २२ अर्ब ७ करोड रुपैँयाले बढेको छ। कुल कर्जा ३५ अर्ब १९ करोड रुपैँयाले वृद्धि भई ५७ अर्ब २६ करोड रुपैँया पुगेको हो। 

स्थापनाको नवौँ बर्षमा आइपुग्दा मेगा बैंकको शाखा संख्या १०१ वटा पुगेको छ। गत आर्थिक बर्षमा बैंकको ४७ वटा शाखा मात्र थियो। यसैगरी, देशभर मेगा बैंकका १४ वटा एक्टेनशन काउन्टर, ११९ वटा शाखारहित बैंकिङ सेवा, २ हजार भन्दा बढी मेगा रेमीट सञ्जाल र ७४ वटा एटीएम छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्