शुक्रबार, जेठ १, २०८३

नेपालमा कोरोनाका सक्रिय संक्रमित १०४ जना

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६१० जनाको नमुना परीक्षण गर्दा ३४ जनामा संक्रमण पुष्टि भएको हो।
 |  शुक्रबार, असार ३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ३, २०७९

National life

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६१० जनाको नमुना परीक्षण गर्दा ३४ जनामा संक्रमण पुष्टि भएको हो।

सोही समयमा १५ जना संक्रमण मुक्त भएका छन्। आज थपिएकासँगै नेपालमा हाल कोरोनाका १०४ जना संक्रिय संक्रमित रहेका छन्। 

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक लाख ५२ हजार ३३७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। 

प्रकाशित: Jun 17, 2022| 17:22 शुक्रबार, असार ३, २०७९
प्रतिक्रिया दिनुहोस्