शुक्रबार, जेठ १, २०८३

मंकीपक्सको आशंका गरिएका बिरामीमा कुष्ठरोग पुष्टि

मंकीपक्सको जस्तै लक्षण देखिएका २६ वर्षीय युवक दुबईबाट नेपाल आएका थिए। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित हेल्थ डेस्कका स्वास्थ्यकर्मीले उनलाई मंकीपक्सको आशंकामा सिधै टेकु अस्पताल रिफर गरेका थिए।
 |  शुक्रबार, असार ३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ३, २०७९

National life

काठमाडौं- मंकीपक्सको आशंका गरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना गरिएका युवकमा कुष्ठरोग भएको पाइएको छ। अस्पतालले गरेको प्रयोगशाला परीक्षणमा ती युवकलाई मंकीपक्सको नभई कुष्ठरोग भएको पत्ता लागेको हो।

मंकीपक्सको जस्तै लक्षण देखिएका २६ वर्षीय युवक दुबईबाट नेपाल आएका थिए। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित हेल्थ डेस्कका स्वास्थ्यकर्मीले उनलाई मंकीपक्सको आशंकामा सिधै टेकु अस्पताल रिफर गरेका थिए।

अस्पताल स्रोतका अनुसार सुरुमा मंकीपक्सको आशंकामा भर्ना गरिएपनि परीक्षणबाट कुष्ठरोग भएको पुष्टि भएको हो।

प्रकाशित: Jun 17, 2022| 16:06 शुक्रबार, असार ३, २०७९
प्रतिक्रिया दिनुहोस्