मंगलबार, फागुन १९, २०८२

भुटानलाई नेपालले ५० रनले हरायो

पहिले ब्याटिङ गरेको नेपालले पुरा ओभर खेल्दै ९ विकेटको क्षतिमा ९४ रन बनाएको थियो। जवाफमा भुटानले १७ ओभर पाँच बल खेल्दै सम्पूर्ण विकेट गुमाएर ४४ रन मात्र बनाएपछि खेल नेपालले जितेको हो।
 |  शुक्रबार, असार ३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ३, २०७९

काठमाडौं- मलेसियामा जारी एसीसी टी १० महिला च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपालले भुटानलाई ५० रनले हराएको छ।

पहिले ब्याटिङ गरेको नेपालले पुरा ओभर खेल्दै ९ विकेटको क्षतिमा ९४ रन बनाएको थियो। जवाफमा भुटानले १७ ओभर पाँच बल खेल्दै सम्पूर्ण विकेट गुमाएर ४४ रन मात्र बनाएपछि खेल नेपालले जितेको हो।

खेलमा नेपालका दुवै ओपनरले विर्सनलायक प्रदर्शन गरे। तेस्रो नम्बरमा आएकी सिता राना मगरले पनि चार रन मात्र बनाइन्। त्यसपछि इन्दू वर्माले २०, काजल श्रेष्ठले २६ र रुविना क्षेत्रीले २१ रन बनाएपछि नेपालले भुटानलाई मध्यम लक्ष्य दिन सकेको हो।

भुटानकी सोनम पल्दोनले सर्वाधिक चार विकेट गिराएकी थिइन्। त्यस्तै, खेलमा छिरिङ जाङ्मोले १६ रन बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका लागि संगीता राईले चार विकेट गिराइन् भने सिता राना मगर र कविता कुंवरले समान २-२ विकेट लिए। यससँगै समूह बीमा नेपालले दुई अंक जोडेको हो।

kumari

नेपालको समूहमा हङकङ, कुवेत, भुटान र बहराइन छन् भने समूह 'ए'मा आयोजक मलेसियासँगै युएई, ओमान,कतार र सिंगापुर छन्। च्याम्पियनसिपमा १० टोलीको सहभागिता छ। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।

समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोली महिला टी-ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ।

प्रकाशित: Jun 17, 2022| 13:24 शुक्रबार, असार ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।