मंगलबार, चैत ३, २०८२

गर्मीमा लिची कति फाइदाजनक?

लिचीमा एन्टिअक्सिडेन्ट र भिटामिन सी प्रचुर मात्रामा पाइन्छ जुन शरीरका लागि धेरै किसिमले फाइदाजनक हुन्छ। यसको नियमित सेवनले धेरै स्वास्थ्य समस्याबाट बच्न सकिन्छ।
 |  शनिबार, असार ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार ४, २०७९

काठमाडौं- गर्मी मौसममा लिची फाइदाजनक मानिन्छ। स्वादका लागि मात्र नभएर यो फल स्वस्थकर पनि हुन्छ। लिचीमा एन्टिअक्सिडेन्ट र भिटामिन सी प्रशस्त पाइन्छ। 

National life

लिची मुख्यतया पानी र कार्बोहाइड्रेट हुन्छ। ८२ प्रतिशत पानी पानी हुने लिचीमा १६.५ प्रतिशत कार्बोहाइड्रेट हुन्छ। त्यसैले यो फलले गर्मीमा डिहाइड्रेसनको जोखिमबाट बचाउन मद्दत गर्छ। यसबाहेक लिचीमा फाइबर पनि पाइन्छ। यो फलले तपाईको दैनिक भिटामिन-सी आवश्यकताको ९ प्रतिशत पनि पूरा गर्न सक्छ। 

एन्टिअक्सिडेन्टको फाइदा
गर्मीको यो रसदार फलमा शरीरका लागि आवश्यक एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ। लिचीमा अन्य फलफूलको तुलनामा पोलिफेनोल नामक एन्टिअक्सिडेन्ट मुटुका लागि फाइदाजनक मानिन्छ। लिचीमा पाइने एपिक्टिनले क्यान्सर विकास कम गर्ने काम पनि गरिरहेको हुन्। 

लिचीमा रुटिन नामक एन्टिअक्सिडेन्ट पनि हुन्छ। जर्नल अफ फूड केमिस्ट्रीमा प्रकाशित अध्ययनका अनुसार रुटिनले मानव शरीरलाई विभिन्न खाले दीर्घकालीन रोगबाट बचाउन मद्दत गर्छ।  

भिटामिन-सीको स्रोत
भिटामिन सी शरीरको लागि नियमित रुपमा आवश्यक हुन्छ। भिटामिन-सीले शरीरको प्रतिरक्षा प्रणाली बढाउनुका साथै धेरै प्रकारका रोग र संक्रमणको जोखिम कम गर्न मद्दत गर्छ।

Laxmi sunrise bank
kumari

१०० ग्राम लिचीमा ७२ मिलीग्राम भिटामिन सी हुन्छ। लिचीमा भिटामिन बी र म्याग्नेसियम पोटासियम जस्ता खनिजहरु पनि पाइन्छ।

पाचनप्रणालीका लागि फाइदाजनक
केही अध्ययनका अनुसार लिचीमा फाइबर प्रशस्त हुन्छ। जसले आन्द्राको चाललाई सहज बनाउनका साथै कब्जियत र अन्य पेट समस्याहरु निको पार्न मद्दत गर्दछ। लिचीको सेवनले पेट भरिपूर्ण रहन्छ, अतिरिक्त खाने इच्छा रहँदैन, त्यसैले तौल घटाउनका लागि पनि यसलाई फाइदाजनक फलको रुपमा लिन सकिन्छ।

लिचीको साइड इफेक्ट
लिचीले केही मानिसहरुमा एलर्जी निम्त्याउन पनि सक्छ। लिची खाँदा कसै-कसैमा चिलाउने-रातो हुने र सास फेर्न गाह्रो हुने जस्ता एलर्जी हुन सक्छ।

विज्ञहरुले यसको सेवन धेरै नगर्न सुझाव दिन्छन्। धेरै मात्रामा लिची खाँदा कतिपयलाई ज्वरो आउने वा चक्कर लाग्ने जस्ता समस्या पनि हुन सक्छ।

-अमरउजालाबाट

प्रकाशित: Jun 18, 2022| 06:55 शनिबार, असार ४, २०७९
प्रतिक्रिया दिनुहोस्