शनिबार, मंसिर ६, २०८२

फिफाले टुंगो लगायो २०२६ विश्वकप आयोजना गर्ने तीन देशका १६ सहर

तीन देशका १६ सहर सार्वजनिक गर्दै फिफा अध्यक्ष जियानी इन्फान्टिनोले अमेरिकामा २०२६ पछि फुटबल नम्बर एक खेल हुने घोषणा गरेका छन्।
 |  शुक्रबार, असार ३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ३, २०७९

काठमाडौं- विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले २०२६ विश्वकप आयोजना गर्ने तीन देशका १६ सहरको टुंगो लगाएको छ। तीन देशका १६ सहर सार्वजनिक गर्दै फिफा अध्यक्ष जियानी इन्फान्टिनोले अमेरिकामा २०२६ पछि फुटबल नम्बर एक खेल हुने घोषणा गरेका छन्। 

National life

२०२६ को विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले आयोजना गर्दैछन्। अमेरिकाको ११ सहरमा विश्वकप आयोजना हुनेछ भने मेक्सिकोको तीन र क्यानडाको दुई सहरले विश्वकप आयोजनाको जिम्मेवारी पाएका छन्।

१९९४ विश्वकपमा छुटेका अमेरिकाको सहरहरू एटलान्टा, ह्युस्टन, मायामी, फिलाडेल्फिए, सियाटल र कान्सस सिटीले यसपटक विश्वकप आयोजनाको जिम्मेवारी पाएका छन्। त्यस्तै १९९४ को विश्वकप आयोजना गरेका बाल्टिमोर, सिनसिनाटी, डेनभर, न्यासभिल, टेनेसी र फ्लोरिडाको ओर्लान्डो भने यसपटक जिम्मेवारी पाएका छैनन्। 

अमेरिकाका सबै ११ रंगशाला एएफएल टिमका घरेलु सहर हुन्। बोस्टन, डल्लास, लस एन्जल्स, सन फ्रान्सिस्को र न्युयोर्कले १९९४ मा पनि विश्वकपको आयोजना गरेका थिए। मेक्सिको सिटीको एज्टाका रंगशाला तीनपटक विश्वकप आयोजना गर्ने पहिलो रंगशाला बन्ने भएको छ। यस रंगशालामा १९७० र १९८६ विश्वकपको फाइनल खेल आयोजना गरिएको थियो। यससँगै मेक्सिकोको ग्वेडेलाजारा र मोन्टेरी सहरले पनि विश्वकप आयोजनाको जिम्मेवारी पाएको छ। 

त्यस्तै क्यानडाका टोरन्टो र भान्कोउभरले २०२६ को विश्वकप आयोजना गर्नेछन्। अमेरिकाका विश्वकप आयोजना हुँदा राजधानी सहर वासिङ्टन डिसीले भने विश्वकपका खेल आयोजना गर्ने छैनन्। २०२६ को विश्वकपमा ४८ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्। अहिलेसम्म ३२ राष्ट्रले मात्र प्रतिस्पर्धा गरेका थिए। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 17, 2022| 09:31 शुक्रबार, असार ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।