मंगलबार, चैत ३, २०८२

काठमाडौंमा भेटिए हैजाका बिरामी

काठमाडौं मोडल अस्पतालले ती बिरामीमा एन्टिजेन पोजेटिभ देखिएपछि रिफर गरी शुक्रराज अस्पताल पठाएको थियो।
 |  बिहीबार, असार २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार २, २०७९

काठमाडौं– टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले काठमाडौंमा हैजाका बिरामी भेटिएको पुष्टि गरेको छ। हैजाका बिरामी बिहीबार उपचारका लागि आएको अस्पतालका सूचना अधिकारी नवराज गौतमले बताए।

National life

काठमाडौं मोडल अस्पतालले ती बिरामीमा एन्टिजेन पोजेटिभ देखिएपछि रिफर गरी शुक्रराज अस्पताल पठाएको थियो।

हैजा पुष्टि भएकी महिलासँगै बस्ने अर्की महिलामा पनि लक्षण देखिएकाले हैजाको आशंका गरिएको अस्पतालले बताएको छ। दुवै जनाको  आईसीयूमा उपचार भइरहेको छ।

यस्तै, टेकु अस्पतालमा बिहीबार मात्रै १२ जनाभन्दा बढी झाडापखालाका बिरामी इमर्जेन्सी उपचारका लागि आएको गौतमले जानकारी दिए।

प्रकाशित: Jun 16, 2022| 17:52 बिहीबार, असार २, २०७९
प्रतिक्रिया दिनुहोस्