बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ६.६१ अंक बढ्यो नेप्से, यस्ता छन् लगानीकर्ता झुम्मीएका कम्पनी

६.६१ अंक बढ्यो नेप्से, यस्ता छन् लगानीकर्ता झुम्मीएका कम्पनी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेप्से बजार ६.६२ अंकले उकालो लागेको छ। मंगलबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक ६.६१ अंक बढेर १ हजार १८०.९८ विन्दुमा पुगेको हो।

‘क’ वर्गको कम्पनी मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत १.५६ प्रतिशत बढेर २४९.५० विन्दुमा पुगेको छ। सोमबार पनि नेप्से बजार दोहोरो अंकले बढ्दा १६ करोड ९६ लाख ६१ हजार ४३१ रुपैयाँको कारोबार गरेको थियो।

मंगलबार १६० कम्पनीले गरेको ३ हजार २७८ कारेबारबाट ७ लाख ३२ हजार ७२५ पटक शेयर खरिद बिक्री गरेको थियो। उक्त खरिद बिक्रीबाट १८ करोड ९५ लाख ८६ हजार ७३५ करोड रुपैयाँको कारोबार गरेको छ।

सबैभन्दा बढी ननलाईफ इन्स्योरेन्स समूहको परिसूचक ५०.०१ अंक बढेको छ। त्यसपछि माइक्रोफाइनान्सको परिसूचक १५.६, विकास बैंकको परिसूचक १४.८८ अंक बढेको छ। त्यसबाहेक बैंकिङ, व्यापार, हाइड्रोपावर, फाइनान्स, उत्पादनमुलक, लाइफ इन्स्योरेन्स समूहको परिसूचक बढेको छ। होटल र अन्य समूहको परिसूचक भने क्रमशः १.४१ र ३.३९ अंक घटेको छ।

सबैभन्दा बढी आरम्भ माइक्रोफाइनान्स विक्तीय संस्थानको लागनीकर्ताले १० प्रतिशत नाफा कमाएका छन्।

त्यसपछि हिमालयन डीस्टीलरी लिमिटेडले ८.३१ प्रतिशत, सिटी एक्स्प्रेस फाइनान्सले ५.८८, पोखरा फाइनान्सले ५.८०, गुर्खाज फाइनान्सले ५.५०, तिनउ विकास बैंकले ५.४२ प्रतिशत नाफा कमाएका छन्।

त्यसैगरी नगदी ग्रुप पावर,  ओम डेभ्लप्मेन्ट बैंक, गुडवील फाइनान्स र पुर्निमा विकास बैंकले क्रमशः ४.४९, ४.३२, ४.१० र ३.९५ प्रतिशत नाफा कमाएका छन् । 
यी बाहेक अन्य विभिन्न कम्पनीहरुले नाफा कमाएको नेपाल स्टक एक्चेन्जले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्