सोमबार, वैशाख २४, २०८१

कीटजन्य रोग पहाडतिर उक्लिँदा नियन्त्रणमा सकस

नेपालको तराई क्षेत्रमा बढीजसो लाग्ने औलो (मलेरिया), डेंगु, कालाजारलगायतका रोग जलवायु बदलिने क्रमसँगै गर्मी ठाउँबाट पहाड एवं हिमाली भेगतिर सल्किँदै जाँदा नियन्त्रणमा चुनौती देखिएको छ।
 |  बिहीबार, असार २, २०७९

ज्योति अधिकारी

ज्योति अधिकारी

बिहीबार, असार २, २०७९

काठमाडौं– मनसुन सुरु भएसँगै किटजन्य रोगको संक्रमण फैलिने चिन्ताले सबैलाई पिरोल्छ। हरेक वर्ष वर्षायाम लागेसँगै नेपालमा डेंगु, स्क्रब टाइफस, चिकनगुनियालगायत रोग संक्रमण बढ्ने गरेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकै तथ्यांकले देखाएको छ। 

triton college

केही वर्षअघिसम्म तराई तथा अत्यधिक गर्मी हुने स्थानमा किटजन्य रोगको संक्रमण बढी देखिन्थ्यो। तर पछिल्लो समय उच्च पहाडी र हिमाल क्षेत्रमा समेत यी रोग देखिन थालेपछि जोखिम बढ्दै गएको हो।

खासगरी सुदूरपशिचम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा सबैभन्दा बढी यी रोगको संक्रमण देखिन थालेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका उपस्वास्थ्य प्रशासक गोकर्ण दाहालका अनुसार नेपालमा प्रि–मनसुन र मनसुनमा किराहरूको टोकाइबाट मलेरिया, स्क्रब टाइफस, कालाजार, डेंगु, चिकनगुनिया टाइफस, जिका भाइरसजस्ता रोग देखिन्छन्। 

महाशाखाको तथ्यांक अनुसार पछिल्लो चार महिनामा डेंगु र स्क्राब टाइफस संक्रमितमध्ये ५९ वटा डेंगुका केस देखिएका छन्। यो वर्ष सबैभन्दा बढी बर्दियामा १५ वटा बिरामी भेटिएका थिए। जम्मा २२ जिल्लाबाट यो वर्ष डेंगुका बिरामीको लक्षण देखिएको इपिडिमियोलोजीको तथ्यांकमा उल्लेख छ। 

स्वास्थ्य विज्ञका अनुसार पछिल्ला वर्षमा डेंगु, स्क्रब टाइफस फैलाउन सक्ने किटजन्य रोगको संक्रमण पहाडी क्षेत्रमा उक्लिँदै गएको छ। 

त्यस्तै, स्क्रब टाइफसका २९ जिल्लाबाट २९६ वटा संक्रमित फेला परेका छन्। स्क्रब टाइफसको पछिल्ला तीन वर्षको तथ्यांक हेर्दा सन् २०२० मा  १ हजार ४३९ स्क्राब टाइफसका बिरामी भेटिएका थिए। सन् २०२१ मा १ हजार ५१६ र सन् २०२२ देखि  हालसम्म २९६ वटा बिरामी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको सिस्टममा राखिएको छ। सबैभन्दा धेरै पाल्पा, दार्चुला, डडेलधुराबाट संक्रमित देखिएका छन्।

corrent noodles
Metro Mart

स्वास्थ्य विज्ञका अनुसार पछिल्ला वर्षमा डेंगु, स्क्रब टाइफस फैलाउन सक्ने किटजन्य रोगको संक्रमण पहाडी क्षेत्रमा उक्लिँदै गएको छ। पहाडी क्षेत्रमा पनि यस्ता रोगका संक्रमित बढ्दै जानु चिन्ताको विषय भएको स्वास्थ्य विज्ञहरू बताउँछन्। सरुवा रोग विशेषज्ञ एवं शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनः यस्ता रोग सार्ने तत्व उच्च हिमाल, पहाडी भेगमा सर्दै जानु चिन्ताको विषय भएको सुनाउँँछन्। 

मानिसको आउजाउ बढ्नु, जलवायु परिवर्तन, सहरीकरण, वातावरणीय तापक्रम बढ्दै जाँदा उच्च पहाडी र हिमाली क्षेत्रमा किटजन्य रोग फैलिरहेको उनको बुझाइ छ। पहाडी क्षेत्रमा सहज उपचारको पहुँच नहुँदा यसले ती क्षेत्रका मानिसलाई झनै संक्रमण गर्ने गरेको डा. पुनले बताए। 

पुन भन्छन्, ‘पछिल्लो समय तराईमा मात्रै नभएर खासगरी सुदूरपश्चिमका पहाडी जिल्लामा स्क्राब टाइफस बढ्दै गएको छ। सामान्यतया लामखुट्टे, किर्नाबाट सर्ने रोग तराईमा बढी मात्रामा हुन्छ भन्ने धारणा थियो तर त्यो अब हटेको छ। अहिले यस्ता रोगको संक्रमणको चक्र बदलिँदै छ। लामखुट्टे तथा किर्नाहरू कम तापक्रममा पनि बाँच्न सिकेका छन्। लामखुट्टले आफ्नो बानीलाई परिवर्तन गर्न सक्यो।’ 

रोग नियन्त्रणमा चुनौती 

यी रोग तराईबाट पहाड हुँदै हिमाली भेगतिर सर्दै जाँदा नियन्त्रणमा चुनौती थपिएको छ। आव २०७०÷७१ यता ‘भेक्टर बर्न डिजिज’ हिमाली क्षेत्रसम्म पुग्न थालेको सरकारी तथ्यांक छ। सन् २०२५ सम्ममा नेपालमा किटजन्य रोग निवारण गर्ने राष्ट्रिय लक्ष्य छ, जुन पूरा गर्न कठिन हुने देखिन्छ।

‘पहाडी र हिमाली क्षेत्रमा पनि ‘भेक्टर डिजिज’ का लागि वातावरण बन्न थालेको छ। जलवायु परिवर्तन, बसाइँसराइ, बढी आउजाउले थप चुनौती थपिदिएको छ’, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका उपस्वास्थ्य प्रशासक गोकर्ण दाहालले भने। 

नेपालले सन् २०२२ सम्म मलेरिया शून्यमा झार्ने लक्ष्य राखेको थियो छ। हुम्ला, मुगु, डोल्पा, कालीकोटमा २०७०/७१ देखि कालाजार देखिन सुरु गरेको थियो। सन् २०२० अन्तिमसम्म कालाजार नियन्त्रण गर्ने लक्ष्य भए पनि पूरा हुन सकेन। 

तराईका किटजन्य औलो (मलेरिया), डेंगु, कालाजारलगायतका रोग जलवायु परिवर्तनका कारण गर्मी ठाउँबाट पहाड एवं हिमाल छेकतिर सरिरहेका छन्। यसले गर्दा रोग नियन्त्रणमा  चुनौती थपिएको छ। ‘पहाडी र हिमाली क्षेत्रमा पनि ‘भेक्टर डिजिज’ का लागि वातावरण बन्न थालेको छ। जलवायु परिवर्तन, बसाइँसराइ, बढी आउजाउले थप चुनौती थपिदिएको छ’, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका उपस्वास्थ्य प्रशासक गोकर्ण दाहालले भने। सरकारले जिका, डेंगु र चिकनगुनिया भाइरस लक्षण भएका बिरामीलाई राष्ट्रिय प्रयोगशालामा निःशुल्क पिसिआर परीक्षण गर्दै आएको छ।

दाहाल भन्छन्, ‘अहिलेको अवस्था हेर्दा किटजन्य रोगको फैलावट हुने स्थिति छैन। तर रोग सार्ने तत्व हिमाली क्षेत्रमा समेत बढ्दै जाँदा सरकार नियन्त्रणका लागि तयारी अवस्थामा भने बस्नैपर्छ।’

प्रकाशित: Jun 16, 2022| 11:42 बिहीबार, असार २, २०७९
प्रतिक्रिया दिनुहोस्