काठमाडौं- गृहमन्त्री रामबहादुरल थापा बादलले राष्ट्रिय सुरक्षा गर्ने जिम्मेवारी सबै जात, समुदाय र लिङ्गको भएकोले नागरिकता पाउने बिषय सुरक्षाको मामला भएकोले गम्भीर हुन आग्रह गरेका छन्।
नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७५ माथि विचार गरियोस भन्ने प्रस्तावमाथिको छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री बादलले कसैले दोहोरो नागरिकता नपाओस, विदेशीले नागरिकता नपाओस भन्ने उद्देश्यले नागरिकता ऐनमा संशोधन गरिएको बताए।
उनले भने, 'नागरिकता ऐनमा के परिवर्तन गर्ने भन्ने बिषय सरकारको मात्र होइन, माननिय सदस्यहरुको पनि हो। सदनको समितिले पारित गरेर आएको विधेयकलाई सदनले नै टुंग्याउनु पर्छ। यो विधेयक कस्तो बनाउने भन्ने कुरा सरकारको मात्र जिम्मेवारीको कुरा होइन्।'
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४