शनिबार, मंसिर ६, २०८२

त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा भिड्दै नेपाल–अमेरिका

अमेरिकाविरुद्धको खेलका लागि शारीरिक र मानसिक रूपमा तयार रहेको टिम कप्तान सन्दीपले बताएका छन्।
 |  बुधबार, असार १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार १, २०७९

काठमाडौं– पहिलो खेलमै हार बेहोरेर सुरु गरेको नेपालले जारी त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत आज (बुधबार) अन्तिम खेल खेल्दै छ। अमेरिकामा भइरहेको सिरिजमा आज राती हुने अन्तिम खेलमा नेपालले आयोजक अमेरिकाको सामना गर्न लागेको हो।

National life

सिरिजको पहिलो खेलमा नेपालले ओमनसँग हार बेहोरेको थियो। त्यस्तै, सिरिजको दोस्रो खेलमा भने नेपालले अमेरिकासँग टाई गरेर अंक बाँडेको थियो। तेस्रो खेलमा ओमनलाई हराएको नेपालले चौथो खेलमा पनि जितको लक्ष्य राखेको छ।

मंगलबार राती ओमनलाई हराएपछि नेपाली टिमका कप्तान सन्दीप लामिछानेले नेपालले डिसिप्लिन बलिङ गरेर जितेको बताएका छन्। उनले बलिङको खुलेरै प्रशंसा गरेका छन्।

सन्दीपले ओमनसँगको जितले धेरै अर्थ राख्ने बताएका छन्। ‘ओमन मात्र होइन, सबै जितले अर्थ राख्छ। हामी अगाडिको यात्रा पनि त्यस्तै सहज बनाउने बाटोमा छौं,’ उनले भने।

उनले ओमनको खेलमा ओपनरको ब्याटिङको प्रशंसा पनि गरेका छन्। अबको खेलमा ब्याटिङमा केही सुधार गर्नुपर्ने सन्दीपले बताएका छन्। त्यसका लागि खेलाडीलाई सजग रहन सल्लाह दिएका छन्।

Laxmi sunrise bank
kumari

‘अमेरिकाविरुद्धको खेलका लागि शारीरिक र मानसिक रूपमा तयार हुन जरुरी छ,’ उनले भने, ‘हामी त्यसका लागि ‘रेडी’ भएर आउनेछौं।’

अंक तालिकामा अहिले नेपाल पुछारबाट तेस्रो स्थानमा रहेको छ। त्यसैले नेपाललाई लिग २ को प्रतियोगिताबाट सुधार गर्दै एकदिवसीय मान्यता जोगाउने चुनौती छ।

लिग २ तालिकाको पुछारको दुई स्थानमा रहने टिमको एकदिवसीय मान्यता गुम्ने खतरा हुने भएकाले बाँकी खेलका लागि नेपाललाई दबाब बढ्दो छ।

अहिले नेपालले १५ खेलबाट १५ अंक नै बनाएको छ। त्यस्तै, १४ खेलबाट १४ अंक नै बनाएको नामिबिया नेपालभन्दा एक स्थान तल छ। तर यी दुवै टिमको औसत भने एकै प्रकारको छ।

लिग २ मा चौथो स्थानमा रहेको अमेरिकाले २३ खेलबाट २१ अंक बनाएको छ। तालिकाको शीर्ष स्थानमा रहेको ओमनले ३६ खेलबाट ४४ अंक बनाएको छ। ओमनले अमेरिका सिरिजका बेला दुई अंक जोडेको छ।

लिग २ मा सम्मलित सात देशमध्ये पपुवान्युगिनी पुछारमा रहेको छ भने स्कट्ल्यान्ड र यूएई क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।आज अमेरिका र नेपालको खेल राती सवा ९ बजेबाट सुरु हुनेछ।


प्रकाशित: Jun 15, 2022| 17:32 बुधबार, असार १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।