आइतबार, वैशाख २३, २०८१

कुनकुन टिम पुगे एसिया कपमा?

एएफसी एसिया कपको तेस्रो चरणको छनोट सम्पन्न भएको छ।
 |  बुधबार, असार १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार १, २०७९

काठमाडौं– एएफसी एसिया कपको तेस्रो चरणको छनोट सम्पन्न भएको छ। तेस्रो चरणको छनोट सम्पन्न भएसँगै एसिया कप खेल्ने सबै २४ टिमको टुंगो लागिसकेको छ।

triton college

आउँदो विश्वकप २०२२ र एसिया कपको संयुक्त छनोटअनुसार पहिलो र दोस्रो चरणको छनोट भएको थियो। ति छनोटबाट केहि देशले विश्वकप साथै एसिया कपमा स्थान बनाएका थिए।

त्यस्तै, मंगलबार राति सम्पन्न भएको तेस्रो चरणको छनोट भने एसिया कपका लागि मात्र थियो। तेस्रो चरणको छनोटबाट कुल ११ देशहरु एसिया कपमा छनोट भएका छन्।

तेस्रो चरणको छनोटबाट जोर्डन(समूह ए विजेता), इन्डोनेसिया(ए उपविजेता), प्यालेस्टाइन(बी विजेता), उज्वेकिस्तान(सी विजेता), थाइल्यान्ड(सी उपविजेता), भारत(डी विजेता), हङकङ(डी उपविजेता), बहराइन(ई विजेता), मलेसिया(ई उपविजेता), ताजकिस्तान(एफ विजेता) र कीर्गिस्तान(एफ उपविजेता) छनोट भएका हुन्।

समूह बी को उपविजेता बनेकाने फिलिपिन्स भने उपविजेतामध्ये सबैभन्दा कमजोर सावित भयो फिलिपिन्स। उसले तीन खेलबाट चार अंक मात्र जोड्न सक्यो।

corrent noodles
Metro Mart

यसबाहेकका १३ देश भने दोस्रो चरणको छनोटबाटै एसिया कपमा पुगेका थिए। दोस्रो चरण समूहविजेता बन्दै विश्वकपमा पनि स्थान बनाएका जापान, कतार, दक्षिण कोरिया, इरानले एसिया कपमा स्थान बनाएका थिए।

त्यसबाहे दोस्रो चरणको समूह विजेता बन्दै सिरिया, अष्ट्रेलिया, साउदी अरेबिया र युनाइटेड अरब इमिरेट्ले एसिया कपमा स्थान बनाएका थिए। त्यस्तै समूहको उपविजेता बनेका चीन, इराक, ओमन, भियतनाम, र लेबनानले पनि दोस्रो चरणमा समूहको उपविजेता बनेर एसिया कपमा पुगे।

फ्रान्सको पेरिसमा भएको ६९ औं फिफा साधारणसभाबाट चीनले एएफसी एसिया कपको आयोजना आवसर पाएको थियो। आयोजनाका लागि फिफाको बिडिङ जितेपछि उसले आयोजनाको जिम्मेवारी पाएको थियो। तर, कोभिड १९ को महामारी बढ्दै गएपछि उसले आयोजनाबाट हात झिकिसकेको छ। अब कुन देशमा आयोजना हुन्छ भन्ने कुरा एएफसीले एसियाले निर्धारण गरिसकेको छैन।

एसिया कपको लागि आयोजक देश चीनसहित ६ जुन २०१९ बाट छनोट प्रकृया सुरु भएको थियो। छनोटमा सहभागी टिमोर लिस्टेले भने टिममा १३ खेलाडी अवैध ल्याएपछि उसले छनोट रद्द भएको थियो। यद्यपी यसलाई छनोटमा सहभागी हुनबाट भने बञ्चित गरिएन।

फिफा विश्वकपको प्रभावका कारण यो प्रतियोगिता भने जनवरी, फेब्रुअरीबाट जुन र जुलाईमा सारिएको छ। तर अहिलेसम्म आयोजक भने टुंगो लागेको छैन।

नेपालको यात्राः

दोस्रो चरणमा एसिया कप र विश्वकपको संयुक्त छनोट थियो। जहाँ नेपाली टिम समूह बीमा परेको थियो। समूह बीमा नेपालसँगै अष्ट्रेलिया, कुवेत, जोर्डन र चाइजित ताइपेइ थिए। नेपालले चाइनिज ताइपेइलाई जित्यो भने अष्ट्रेलिया, कुवेत र जोर्डनसँग हार्यो। दुई खेलमा जित निकालेपछि नेपाल तेस्रो राउन्डमा पुगेको हो।

नेपालले चाइनिज ताइपेइसँग दुवै खेलमा समान २–० को जित निकालेको थियो। तर अष्ट्रेलियासँग ५–० र ३–०, कुवेतसँग ७–० र १–, जोर्डनसँग दुवै खेलमा समान ३–० ले पराजित भएको थियो। 

तेस्रो चरणमा नेपालले तीन खेलमा नै हार बेहार्यो। जहाँ नेपालले जोर्डनसँग २–०, कुवेतसँग ४–१ र इन्डोनेसियासँग ७–० को हार बेहोरेको हो।


प्रकाशित: Jun 15, 2022| 12:37 बुधबार, असार १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।