शनिबार, मंसिर ६, २०८२

एसियन कप : इन्डोनेसियासँग नेपालको लज्जास्पद हार

एसियन कप छनोटको तेस्रो चरणको खेलमा नेपालले इन्डोनेसियासँग ७-० को हार बेहोरेको छ।
 |  बुधबार, असार १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार १, २०७९

काठमाडौं- एसियन कप छनोटको तेस्रो चरणको खेलमा नेपालले इन्डोनेसियासँग ७-० को हार बेहोरेको छ। कुवेतमा मंगलबार राति सम्पन्न भएको खेलमा नेपालले लज्जास्पद हार बेहोरेको हो।

National life

१० सिनियर खेलाडीलाई टिमबाहिर राखेर प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बनाएको नयाँ टिमले यसअघि भने २-० र ४-१ को हार बेहोरेको थियो।

कुवेत भ्रमणका दौरान नेपालका दर्शन गुरुङले मात्र गोल गर्न सके। उनले कुवेतविरुद्ध इन्ज्युरी समयमा गोल गरेका थिए।

मंगलबार रातिको अन्तिम खेलमा भने नेपालले सात गोल बेहोर्दा इन्डोनेसियाका वितान सुलेमानले दोहोरो गोल गरेका थिए। त्यसबाहेक डिमस ड्राजडले पनि गोल गरेका थिए। डिमसले खेलको छैटौं मिनेटमा गोल गर्दै इन्डोनेसियालाई अग्रता दिलाएका थिए।

पहिलो हाफमा नेपाले दुई गोलको मात्र सामना गरेको थियो। दोस्रो हाफमा फछ्रिद्दिन अर्यन्टो, सादिल रमदानी, एल्कन बागोट र मसेलिनो फर्डिनाले गोल गरेका थिए।

Laxmi sunrise bank
kumari

यससँगै नेपालले ७-० को हार बेहोरेको हो। नेपालले यो छनोटको दौरान १३ गोल बेहोरेको छ भने एक गोल मात्र गर्न सफल भएको छ।

प्रकाशित: Jun 15, 2022| 09:27 बुधबार, असार १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।