शनिबार, मंसिर ६, २०८२

आइसीसी विश्वकप क्रिकेट लिग-२ : ओमानमाथि नेपालको शानदार जित

अमेरिकाको ह्युस्टनस्थित मोसा क्रिकेट मैदानमा केहीबेरअघि सम्पन्न खेलमा नेपालले ओमानलाई सात विकेटले पराजित गरेको हो।
 |  बुधबार, असार १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार १, २०७९

काठमाडौं- आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले ओमानलाई सहजै पराजित गरेको छ। अमेरिकाको ह्युस्टनस्थित मोसा क्रिकेट मैदानमा केहीबेरअघि सम्पन्न खेलमा नेपालले ओमानलाई सात विकेटले पराजित गरेको हो।

National life

ओमानविरुद्धको खेलमा नेपालका करन केसीले उत्कृष्ट बलिङ गर्दै एक्लैले पाँच विकेट लिएपछि जित सहज बनेको हो।

ओमानले टस जितेर पहिला ब्याटिङ रोजेको थियो। ओमानले ४६ दशमलव पाँच ओभरमा सबै विकेट गुमाएर मात्र १६३ रन बनाउन सक्यो। एक सय ६४ रनको विजयी लक्ष्य नेपालले तीन विकेट गुमाएर ३३ दशमलव एक ओभरमा पूरा गर्‍यो।

नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले अर्धशतकीय पारी खेले। भुर्तेलले ७५ बलको सामना गर्दै पाँच चौकाको मद्दतमा ५६ रन बनाए। शेखले ८६ बलमा ६२ रन बनाए। यसमा उनको एक छक्का र सात चौकासमेत सामेल थियो।

यस्तै देव खनालले १२ बलमा एक चौकासहित १० तथा उपकप्तान रोहितकुमार पौडेलले अविजित २६ रनको योगदान दिए। उनले २१ बलको सामना गर्ने क्रममा एक छक्का र एक चौका हिर्काए। दीपेन्द्रसिंह ऐरीले अविजित रहँदै सात रन बनाए।

Laxmi sunrise bank
kumari

बलिङतर्फ ओमानका फायाज बटले दुई तथा खवर अलीले एक विकेट लिए। यसअघि पहिला ब्याटिङ गरेको ओमान निर्धारित ५० ओभरको खेलमा १६३ रनमै खुम्चियो। ओमानका लागि कप्तान जिशन मक्सुदले अर्धशतकीय पारी खेले। उनले एक सय बलको सामना गर्ने क्रममा तीन चौकाको मद्दतमा ५२ रनको योगदान दिए। यस्तै सन्दीप गौडले ९१ बल खेल्दै एक छक्का र तीन चौकासहित ४७ रन बनाए।

बलिङतर्फ नेपालका करन केसीले पाँच, कप्तान सन्दीप लामिछानेले तीन तथा सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले एक-एक विकेट लिए। जितसँगै नेपाल अङ्कतालिकाको पाँचौँ स्थानमा उक्लिएको छ।

नेपालले हालसम्म खेलेको १५ खेलमध्ये सातमा जित निकाल्दै १५ अङ्क जोडेको छ। नेपालले अर्को खेल आज राति ९:१५ बजे घरेलु टोली अमेरिकासँग खेल्ने छ। 

प्रकाशित: Jun 15, 2022| 07:39 बुधबार, असार १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।