आइतबार, वैशाख २३, २०८१

कमजोरी सुधारेको नेपालको लक्ष्य - एसिया कप

क्यानले गरेको आशालाई निराशामा नबदल्ने अठोटमा छिन रुबिना पनि। त्यसो त, लामै समय भइसक्यो नेपालले कुनै उपाधि जितेको छैन। त्यसैले पनि जितका लागि दबाब अहिले नेपाली टिमलाई छ।
 |  मंगलबार, जेठ ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३१, २०७९

काठमाडौं- नेपाली महिला क्रिकेट टोलीले मलेसियामा यही जुन १७ बाट एसीसी महिला टी-२० एसियन च्याम्पियनसिप खेल्दैछ। दुईवटा समूहमा विभाजित १० देशमध्ये जुन टिमले फाइनलमा स्थान बनाउँछ, उसले नै एसिया कप खेल्न पाउँछ।

triton college

‘फाइनालिस्टले एसिया कप खेल्ने भएपछि यो एसिया कपको छनोट हो। हामी यो आशा गर्छौं कि नेपालले एसिया कपप खेल्नेछ,’ सोमबार निर्धारित समयभन्दा आधा घण्टा ढिलो गरी सुरु भएको पत्रकार सम्मेलनमा क्रिकेट म्यानेजर वृतान्त खनालले भने।

अहिले नेपाली महिला टिम राम्रो फर्ममा छ। यो टिमलाई चुस्त बनाउन मुख्य प्रशिक्षक जगत टामाटाले धेरै मिहनत पनि त गरेका छन्। त्यसैले नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीदेखि खेलाडीसम्मले प्रशिक्षक टमाटाको कामको प्रशंसा गरे।

वृतान्तका अुसार पछिल्लो समय नेपाली सिनियर टिम कप्तान रुबिना क्षेत्री र सिनियर खेलाडी सिता राना मगरले फेयरब्रेकमा राम्रो प्रदर्शन गरेर चर्चा बटुलेका छन्। ‘इन्टरनेसनल एक्स्पोजर केटालाई मात्र हुँदैन भन्‍ने साबित भएको छ,’ भन्दै उनले नेपाली महिलो टिमले त्यहाँबाट धेरै सिकेको बताए।

हो, पछिल्लो समय क्यानले महिला क्रिकेटलाई पनि प्राथमिकतामा राख्‍न थालेको देखिन्छ। क्यानका सचिव प्रशान्त विक्रम मल्लका अनुसार विगत १५ महिनामा महिला खेलाडीका लागि पाँच प्रतियोगिता गराइएको छ।

corrent noodles
Metro Mart

त्यसैले पनि नेपाली टिम बलियो अवस्थामा रहको मल्लको दाबी छ। क्यानले यो पटक महिला क्रिकेटबाट आशा राखेको छ। नेपाललाई एसिया कपमा पुर्‍याउने, आशा। धेरै नेपाली क्रिकेट प्रेमीको विश्वास त्यहाँ जोडिएको छ। ‘जो बाट आशा राखिन्छ दबाब उसलाई नै हुन्छ,’ वृतान्तले भने।

क्यानले गरेको आशालाई निराशामा नबदल्ने अठोटमा छिन रुबिना पनि। त्यसो त, लामै समय भइसक्यो नेपालले कुनै उपाधि जितेको छैन। त्यसैले पनि जितका लागि दबाब अहिले नेपाली टिमलाई छ।

तर, दबाब लिन चहान्‍न रुबिना। भन्छिन, ‘दबाब त छैन्। तर, कस्तो छ भने उपाधि नजितेको धेरै वर्ष भएकाले नयाँ केही गर्नुपर्छ भन्ने लागेको हो।’


हो, कहिल्यै नेपाली टिम हार्छ भनेर प्रतियोगिता खेल्न त जाँदैन। तर समयसँगै सबै कुरा ठिकठाक रहेको पनि देखिएको छैन।  ‘सबै कुरा एकैपटक देखिँदैन। हामीले मिहनत गरिरहेका छौं। केहि नमिलेपछि रिजल्ट आइरहेको हुँदैन,' उनले थपिन्।

पछिल्लो समय नेपाली महिला टिमले युगान्डाविरुद्ध खेलेको थियो। त्यो सिरिजले नेपाली टिमको धेरै कमजोरीहरु उजागर भएका छन्। क्यानका पदाधिकारी नै भन्छन्, 'फिटनेस नभएका खेलाडीको अहिले गाला घटेका छन्। नेपालले फिटनेसमा धेरै अभ्यास गरेको छ।'

त्यसका लागि प्रशिक्षकले टिमलाई सहयोग गरेको रुबिना बताउँछन्। ‘हामीले गनुपर्ने कामहरु विश्वकप छनोटमा पनि देखिएको थियो। अहिले गर्नुपर्ने पार्टमा गरेका छौं। लिडरको रुपमा मेरो टिमले जे गरेको छ, सबैलाई थाहा छैन। हामी नतिजाको लागी लालयित छौं,’ उनले भने।

नेपाली महिला टिमले बिहानदेखि बेलुकासम्मै अभ्यास गरिरहेका छन्। त्यो सबै मिहनत जितबाट मात्र देखिने रुबिना बताउँछन्। त्यसैले उनी विश्वस्त छन्- नेपालले जित्छ।

‘जति पनि साधनहरु उपलब्ध छन्। त्यसलाई राम्रोसँग प्रयोग गरेर व्यक्तिगत र समूहिक रुपमा धेरै गरेका छौं,’ उनले भनिन्, ‘जसरी खेलाडीले मिहनत गरेका छन्। टिमबाहेक कसैलाई थाहा छैन। हामी त्यसलाई रिजल्टबाट देखाउँछौं।’

जगत टमाटाले अहिलेम्म एउटा लक्ष्य बोकेर मिहनत गरिरहेका छन्। उनको लक्ष्य हो- नेपाली महिला क्रिकेट टिमलाई दिशा र गति दिने। त्यति भयो भने एउटा टिमले धेरै दूरी पार गर्न सक्छ र उपाधि जित्‍नेछ। 

अभ्यासमा रहेको महिला टोली। 

उनी आफैं पनि भन्छन्, ‘महत्त्वपूर्ण कुरा भनेको हामीले सेट गरेको गोल हो।  मिहनत गरेका छौं। कति मिहनत गरेका छौं, त्यो टोलीलाई थाहा छ। नतिजा आउनेमा आशा गरेका छौं।’

नेपालले युगान्डालाई दुई खेलमा हरायो। पहिलो तीन खेलमा नेपाल हार्‍यो। त्यसैले २ वर्ष लगातार अभ्यास गर्‍यो भने केही दिन सकिने प्रशिक्षक टमाटाले बताउँछन्। 

पहिलेको खेल हारे पनि पछिल्लो खेलमा जित निकालेको आत्मविश्वास नेपाली टिमसँग छ। अब नेपालले गर्नुपर्ने कुरा नै टोलीलाई जितको लागि बानी बसाउनु नै हो। टमाटाले ट्यालेन्ट खेलाडी हेरेर अभ्यास गराएको पनि उनले बताए। 

एक समय थियो- नेपालको महिला टिमले सबैभन्दा पहिला विश्वकप खेल्छ भन्‍ने। त्यो समय र अहिले अवस्था फेरिएको छ। यता क्यानका सचिव मल्लले यो च्याम्पियनसिपमा 'नन टेस्ट प्लेइङ नेसन'का धेरै राम्रा टिम खेल्ने भएकाले राम्रो प्रदर्शन गर्न शुभकामना दिएका छन्। उनले एसिया कपमा 'नन टेस्ट प्लेइङ'  देशले पनि खेलिसकेको कारण नेपाल पनि पुग्नुपर्ने बताए।

‘नेपाली खेलाडीले आफ्नो पोटेन्सियल देखेका छन्। जो टिमसँग अहिले नेपाल खेल्दै छन्, उनीहरू ठिकै टिम छन्,’ उनले भने, ‘जुन दिन खेलाडीले कलेक्टिभ पदर्शन गर्छ त्यो दिन नेपालले गर्व गर्ने नतिजा लिएर आउँछ।’

अहिले देशको बजेटले पनि क्रिकेटलाई माया गरेको प्रशान्तले महसुस गरेका छन्। भन्छन्, ‘यो पालीको बजेट हेर्दा ४७ करोड आएको छ। क्यानको डिमान्ड थियो। त्यसको लागि पनि राम्रो अमाउन्ट छ। स्पिडमा काम गर्‍यौं भने मुलपानीको मैदानमा ठूलो इभेन्ट हुनेछ।’ 

राखेपका सदस्य सचिव टंकलाल घिसिङले पनि नेपाली टिमलाई शुभकामना दिएका छन्। कार्यक्रममा आधा घण्टा ढिलो पुगेका घिसिङले भने, ‘यो प्रतियोगितामा तपाईंहरुले बेस्ट दिनुहुनेछ भन्‍ने आशा गरेको छु। जित्‍न अवश्य सकिन्छ।’

प्रकाशित: Jun 14, 2022| 20:20 मंगलबार, जेठ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।