आइतबार, वैशाख १६, २०८१

उपेन्द्रको एकलौटीले विभाजनको बाटोमा जसपा

जसपाबाट ठाकुरको बहिर्गमन पछि यादव मात्रै पार्टीको अध्यक्ष छन्। सोही कारण भट्टराई पक्षले दुई जना अध्यक्ष हुनुपर्ने माग राख्दै आएको छ। तर, यादव भने पार्टीमा एकल अध्यक्षात्मक प्रणाली चाहान्छन्।
 |  मंगलबार, जेठ ३१, २०७९

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

मंगलबार, जेठ ३१, २०७९

काठमाडौं- सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा)को आन्तरिक विवाद उत्कर्षमा पुगेको छ। पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षबीचको विवाद उत्कर्षमा पुगेको हो। पछिल्ला घटनाक्रमले जसपा विभाजनको डिलमा पुगेको निष्कर्षमा सोही पार्टीका कतिपय नेताहरुले निकालेका छन्। 

triton college

खासगरी अध्यक्ष यावदको कार्यशैलीलाई लिएर भट्टराई पक्षमा चरम असन्तुष्टि देखिन्छ। पार्टीको बैठक नडाकेको, विधान अधिवेशन टालेको आरोप भट्टराई पक्षले लगाउँदै आएको छ। त्यसो त दुई पक्षबीचको विवाद निर्वाचन अघि नै चर्किएको थियो। तर, विवाद चर्किँदै जाँदा त्यसको असर निर्वाचन परिणामा देखिने भन्दै विवाद थाति राखिएको थियो। निर्वाचनको परिणाममा समेत सन्तोष मान्‍न नसकेको जसपा फेरि विवादको भूमरीमा फसेको हो। जुन भूमरीले विभाजनको संकट निम्त्याएको एक नेताको तर्क छ। ‘खासगरी उपेन्द्रजीले पार्टीलाई पद्धतीमा चलाउनु भएन। बैठक समेत डाक्नुहुन्‍न। यस्तो अवस्थामा पार्टी कसरी चल्छ। उहाँको मनोमानी कति दिन मान्‍ने?,’ भट्टाई पक्षधर एक नेताले भने। 

ती नेताका अनुसार बहुमत पुर्‍याएर अध्यक्ष यादवलाई हटाउनेसम्मको प्रयास भइरहेको छ। त्यसका लागि तयारी भइरहेको ती नेता बताउँछन्। पार्टीभित्र विवाद चर्किएकै बेला भट्टराई लगायतका नेताले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटार पुगेर भेटेका छन्। स्रोतका अनुसार भट्टराईले देउवालाई पार्टीभित्र विवाद चर्किएकाले कुनै सिफारिस आए सहमतिमा आए-नआएको हेरेर मात्र निर्णय लिन आग्रह गरेका थिए। 

पार्टीभित्र आफ्नो बहुमत सिद्ध गरेर सके यादवलाई हटाउने, नसके पार्टी विभाजन गर्ने तयारीमा भट्टराई समूह छ। भट्टराई समूहका एक नेताको दाबी मान्‍ने हो भने १९ संसीदय दलमा सो पक्षको बहुमत। १९ सांसद् (एक निलम्बित बाहेक) ११ जना सांसद भट्टराईको पक्षमा रहेको ती नेताको दाबी छ। तर, ४९९ केन्द्रीय समितिमा भने २३६ केन्द्रीय सदस्य मात्र आफूहरुको पक्षमा रहेको उनको भनाइ छ। केन्द्रीय समितिमा बहुमत सिद्ध गर्ने प्रयास भइरहेको ती नेताको दाबी छ।

भट्टराई पक्षले यादवले आफ्नो कार्यशैलीलाई लिएर आत्मलोचना गर्नुपर्ने, पार्टीलाई दुई अध्यात्मक प्रणालीमा सञ्‍चालन गर्नुपर्ने र मन्त्री हेरफेर गर्नुपर्ने अडान राखेको छ। ‘हामीले राखेका शर्त माने समस्या सुल्झन्छ। होइन भने हामी अर्कै रणनीतिमा अघि बढ्नुपर्ने हुन्छ,’ भट्टराई पक्षका ती नेता भन्छन्।  नेता मोहम्मद इस्तियाक राईले पार्टी भित्रको समस्या निम्तनुमा यादवको कार्यशैली नै मुख्य जड भएको बताएका छन्। उनले सार्वजनिकरुपमा नै यादवले एकलौटी ढंगले पार्टी सञ्‍चालन गर्दा समस्या निम्तिएको बताउँदै आएका छन्।   

corrent noodles
Metro Mart
जसपाबाट ठाकुरको बहिर्गमन पछि यादव मात्रै पार्टीको अध्यक्ष छन्। सोही कारण भट्टराई पक्षले दुई जना अध्यक्ष हुनुपर्ने माग राख्दै आएको छ। तर, यादव भने पार्टीमा एकल अध्यक्षात्मक प्रणाली चाहान्छन्।

तर, यादव पक्ष भने पार्टीभित्र देखिएको समस्या ठूलो नभएको बताउँछ। तर, पार्टीका कतिपय नेताहरुले व्यक्ति स्वार्थ पूरा नहुँदा हल्लाखल्ला गरिरहेको आरोप यादव पक्षको छ। ‘पार्टी त्यस्तो केही ठूलो समस्या निम्तिएको होइन। केही नेताहरुले व्यक्तिगत स्वार्थ पूरा नभएपछि हल्लाखल्ला गर्दै हिड्नुभएको छ। घरपरिवारमा त कहिलेकाहीँ ठाकठुक पर्छ भने पार्टीमा पनि झिनामसिना समस्या निम्तिन्छन्,’ यादव पक्षीय नेता प्रमोद साहले भने, ‘खासगरी अहिले बैठक नबोलाएको भन्‍ने आरोप उहाँहरुको छ। तर, स्थानीय तहको निर्वाचन भर्खरै सकिएको छ। जिल्ला समन्वय समितिको चुनाव भइरहेको छ। अर्कोतर्फ बजेट माथिको छलफलमा हामी (सांसद) व्यस्त छौं। यस्तो अवस्थामा कसरी बैठक डाक्ने?’ 

उनले परिस्थितीजन्य कारणले बैठक बस्‍न नसकेकाले छलफलमा माध्यमबाट बैठक आह्वान गर्न सकिने बताए। ‘परिस्थितीजन्य कारणले बैठक बस्‍न नसकेको हो। फेरि पनि हामी बैठकको मिति तय गर्न सक्छौं नी । आपसी सहमतिमा गर्न सकिने विषयमा बाहिर बोल्दै हिँड्नु राम्रो होइन। पार्टी भित्र द्वन्द देखाउने प्रयास भएको छ। जुन राम्रो होइन,’ उनी भन्छन्। 

के हो विवाद?

निर्वाचनअघि चर्किएको विवाद साम्य पार्न असार १ गते विधान अधिवेशन गर्ने गरी मिति तय गरिएको थियो। तर, यादवले अन्तिम समयमा आएर विधान महाधिवेशन स्थगित भएको सूचना निकालेका छन्। जसले भट्टराई पक्षलाई आक्रोशित बनाएको छ। तर, यादव पक्षले भने विधान महाधिवेशन अर्को मितिमा हुने बताएको छ। ‘असार १ लाई तोकिएको विधान अधिवेशन स्थगित भएको सूचना आइसकेको छ। अब अर्को कुनै मितिमा विधान महाधिवेशन गर्नुपर्छ। छलफलकै आधारमा मिति तय गर्न सकिन्छ। त्यसकारण यसमा आपत्ति मान्नुपर्ने कुरा छैन,’ नेता शाहले भने।

जसपाको अन्तरिम विधान अनुसार दुईजना अध्यक्ष रहने प्रावधान छ। तर, एकजना अध्यक्ष महन्थ ठाकुरले पार्टी विभाजन गरिसकेका छन्। उनले लोकतान्त्रिक समाजवादी पार्टी गठन गरिसकेका छन्। जसपाबाट ठाकुरको बहिर्गमन पछि यादव मात्रै पार्टीको अध्यक्ष छन्। सोही कारण भट्टराई पक्षले दुई जना अध्यक्ष हुनुपर्ने माग राख्दै आएको छ। तर, यादव भने पार्टीमा एकल अध्यक्षात्मक प्रणाली चाहान्छन्। दुवै पक्षका आ-आफ्नै अडान पछि विधान अधिवेशन बोलाउने सहमति जुटेको थियो। विधान अधिवेशनले पार्टीमा कि दुई अध्यक्ष नै रहने टुंगो लगाउने थियो कि त विधान संशोधन हुने थियो। तर, यादव विधान अधिवेशन टारेको आरोप भट्टराई पक्षको छ। 

त्यसो त गत फागुनमा बसेको जसपा केन्द्रीय कार्यकारिणी बैठकले यादव, भट्टराई र नेता अशोक राई रहेको स्टेरिङ समिति बनाउने निर्णय गरेको थियो। तर, यादवमाथि स्टेरिङ कमिटीलाई बेवास्ता गरेको आरोप लागिरहेको छ। भट्टराई पक्षले स्टेरिङ समितिलाई बेवास्ता गरेर यादवले आफूखुसी स्थानीय तह निर्वाचनमा उम्मेदवार चयन गरेको आरोप समेत लगाइरहेको छ। यादवको एकलकाटे निर्णयका कारण थुप्रै स्थानीय तहमा पार्टीले पराजय भोग्नुपरेको निष्कर्षमा भट्टराई पक्ष छ। फागुन यता यादवले कार्यकारिणी बैठक समेत बोलाएका छैनन्। 

पार्टी सरकारमा जाँदा यादवले वर्तमान मन्त्री ६ महिनाका लागि पठाइएको बताएका थिए। रोटेसनमा ६ महिना पछि मन्त्री फेरवदल हुने आश्वसन यादवले दिए  पनि कार्यान्वयन नगरेको भट्टराई पक्षको आरोप छ। भट्टराईको पक्षमा कृषिमन्त्री समेत रहेका महेन्द्र राय यादव, मोहम्मद इस्तियाक राई, राजकिशोर यादव, अमृता अग्रहरी लगायतका नेताहरुले साथ दिएका छन्।  

यस्तै यादवलाई भौतिक योजनामन्त्री रेनु यादव, रामसहाय प्रसाद यादव, प्रमोद साहलगायतले साथ दिएका छन्। बरिष्ठ नेता अशोक राई र सामान्यप्रशान मन्त्री राजेन्द्र श्रेष्ठ भने पार्टी विवादमा मौन देखिन्छन्। 


प्रकाशित: Jun 14, 2022| 19:56 मंगलबार, जेठ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...