शनिबार, मंसिर ६, २०८२

पेरुलाई पेनाल्टीमा हराउँदै अष्ट्रेलिया विश्वकपमा छनोट

यो वर्ष कतारमा आयोजना हुने फिफा विश्वकपमा एसियाका छ देशले सहभागिता जनाउने पक्का भएको छ।
 |  मंगलबार, जेठ ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३१, २०७९

काठमाडौं– यो वर्ष कतारमा आयोजना हुने फिफा विश्वकपमा एसियाका छ देशले सहभागिता जनाउने पक्का भएको छ। आइतबार रातिको खेलमा एसियाली देशको प्रतिनिधित्व गर्ने अष्ट्रेलिया पनि छनोट भएपछि विश्वकपमा एसियाका छ टिम भएका हुन्।

National life

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले एसियाका लागि ४ टिमको लागि सिट उपलब्ध गराएको छ। एसियाली छनोटबाट चार टिम विश्वकपमा छनोट हुने व्यवस्था छ। तर यो वर्ष कतारमा विश्वकप आयोजना हुने भएकाले कतारसहित पाँच टिम यसअघि नै विश्वकपमा छनोट भइसकेका छन्।

यता एसियाबाट ४ टिम भएजस्तै दक्षिण अमेरिकाका लागि पनि ४ टिमका लागि सिट प्रदान गरिएको थियो। त्यसैले आउँदो कतार विश्वकपका लागि एसियाबाट छनोटको दौरान पाँचौं भएको छ। दक्षिण अमेरिकी छनोटमा पनि पाँचौ भएका टिमको प्रतिस्पर्धा गराइएको थियो।

विश्वकपको यो प्लेअफ खेलमा जित निकाल्ने टिमले विश्वकप खेल्न पाउने पक्का थियो। त्यसमा एसियाबाट अष्ट्रेलिया र दक्षिण अमेरिकाबाट पेरुले खेलेका थिए।

आइतबार राति अल रियान रंगशालामा भएको उक्त खेलमा दुवै टिमले गोलरहित बराबरी खेलेका थिए। त्यसपछि रेफ्रीले पेनाल्टीबाट नजिता दिलाएका हुन्। पेनाल्टीमा पेरुलाई ५–४ ले हराउँदै अष्ट्रेलिया विश्वकपमा छनोट हुने छैटौ एसियाली देश बनेको हो। यससँगै ३२ देश सहभागी बन्ने विश्वकपमा अब एक देशको टुंगो लाग्न बाँकी छ।

Laxmi sunrise bank
kumari

अष्ट्रेलियाको लागि छुट्दै कोटा नभएकाले उसले एसियाली देशको हैसियतले विश्वकप खेल्दै आएको छ।

प्रकाशित: Jun 14, 2022| 13:55 मंगलबार, जेठ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।