शनिबार, मंसिर ६, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • एसिया कप छनोटको अन्तिम खेल आज हुँदै, नेपालको सामना इन्डोनेसियासँग

एसिया कप छनोटको अन्तिम खेल आज हुँदै, नेपालको सामना इन्डोनेसियासँग

कुवतेमा जारी एसिया कप फुटबल छनोटअन्तर्गत तेस्रो चरणको खेलमा नेपालले आज इन्डोनेसियाको सामना गर्दैछ।
 |  मंगलबार, जेठ ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३१, २०७९

काठमाडौं– कुवतेमा जारी एसिया कप फुटबल छनोटअन्तर्गत तेस्रो चरणको खेलमा नेपालले आज इन्डोनेसियाको सामना गर्दैछ। तेस्रो चरणको छनोटअन्तर्गत सुरुआति दुई खेलमा हारको सामना गरिसकेको नेपालले तेस्रो खेलमा इन्डोनेसियाको सामना गर्न लागेको हो।

National life

नेपाल र इन्डोनेसियाको खेल आज राति १ बजेबाट बजर अल अहमद रंगशालामा आयोजना हुनेछ। यि छनोट खेलका लागि नेपालले केहि समय अघिबाटै कतारमा अभ्यास गरेको थियो।

दुई खेलमा हार बेहोरेसँगै नेपाल शून्य अंकका साथ तालिकाको पुछारमा रहेको छ। एसिया कपमा छनोट हुनका लागि तालिकाको शीर्षस्थानमा पर्नुपर्छ। यता, तालिकाको दोस्रो स्थानमा रहेका भाग्यमानी पाँच टिमले पनि एसिया कप खेल्ने अवसर भने पाउनेछन्।

एसिया कपको लागि ए देखि एफसम्मका छ समूह रहेका छन्। त्यसमध्ये दोस्रो स्थानमा रहेका उत्कृष्ट पाँच टिमले एसिया कप खेल्नेछ। एसिया कप खेल्ने बाँकी टिमको भने छनोट भइसकेको छ।

नेपाल भने समूह एमा रहेको छ। समूह एमा आज राति जोर्डनले कुवेतको सामना गर्नेछ। यि दुई टिमले पनि जबर अल अहमद रंगशालामै खेल्नेछन्।

Laxmi sunrise bank
kumari

नेपालले पहिलो खेलमा जोडैनसँग २–० को हार बेहोरेको थियो भने अर्को खेलमा कुवेतसँग ४–१ को हार बेहारेको थियो। खेलको इन्ज्युरी समयमा नेपालका लागि दर्शन गुरुङले गोल गरेका थिए। नेपालले कुवेतविरुद्ध ४० वर्षपछि यो गोल गरेको थियो।

एसिया कप छनोटका आज राति हुने बाँकी खेलहरुः

यमन र मंगोलिया, दिउँसो पौने ३ बजे

बहराइन तुर्कमेनस्तिान, दिउँसो ३ बजे

म्यानमार र सिंगापुर, दिउँसो सवा ४ बजे

अफगानिस्तान र कम्बोडिया, साँझ सवा ५ बजे

माल्दिभ्स र श्रीलंका, साँझ पौने छ बजे

मलेसिया र बंगलादेश, साँझ पौने ७ बजे

भारत र हङकङ, राति पौने ९ बजे

कीर्गिस्तान र ताजकिस्तान, राति पौने ९ बजे

उज्जवेकिस्तान र थाइल्इान्ड, राति सवा ९ बजे

जार्डन र कुवेत, राति १० बजे

इन्डोनेसिया र नेपाल, राति १ बजे


छनोटअन्तर्गत यि नै अन्तिम खेल हुन्। दोस्रो चरणको छनोटमा भएको प्रदर्शनको आधारमा तेस्रो चरणको छनोटमा टिम सहभागी बनेका थिए। एएफसी एसिया कप फुटबल भने अर्को वर्ष हुनेछ। सुरुमा यो प्रतियोगिता चीनमा आयोजना हुने भनिए पनि उसले आयोजनाबाट हात झिकिसकेको छ।

प्रकाशित: Jun 14, 2022| 13:39 मंगलबार, जेठ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।