मंगलबार, चैत ३, २०८२

नर्भिकले विराटनगरमा पनि आइभिएफ सेन्टर सञ्चालन गर्ने

नर्भिक अस्पतालको अन्तराष्ट्रिय स्तरको आइभिएफ एण्ड फर्टिलिटी सेन्टरको सेवा काठमाडौंबाहिर पनि बिस्तार हुने भएको छ। नर्भिकको आइभिएफ सेन्टरको सेवा प्रदेश १ को राजधानी विराटनगरमा समेत विस्तार हुने भएको हो।
 |  मंगलबार, जेठ ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३१, २०७९

काठमाडौं– नर्भिक अस्पतालको अन्तराष्ट्रिय स्तरको आइभिएफ एण्ड फर्टिलिटी सेन्टरको सेवा काठमाडौंबाहिर पनि बिस्तार हुने भएको छ। नर्भिकको आइभिएफ सेन्टरको सेवा प्रदेश १ को राजधानी विराटनगरमा समेत विस्तार हुने भएको हो। 

National life

नर्भिक अन्तराष्ट्रिय अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रका अनुसार निकट भविष्यमै सेवा सञ्चालन गर्ने गरी विराटनगरमा आइभिएफ सेन्टर निर्माणको काम सुरु गरिएको छ। विराटनगरको शनिहाट क्षेत्रमा सुविधासम्पन्न नर्भिक आइभिएफ सञ्चालन हुनेछ। 

नर्भिकले थापाथलीमा भने २०७८ को असार तेश्रो साताबाट अत्याधुनिक सुविधा तथा प्रविधिसहित नेपालमै पहिलो जेनेटिक ल्याबसहितको अत्याधुनिक आइभिएफ एण्ड फर्टिलिटि सेन्टर संचालनमा ल्याएको थियो। सेवाग्राहीहरुको मागअनुसार नै काठमाडौंमा सीमित यो सेवालाई अन्यत्र पनि विस्तार गर्न लागिएको मिश्रले जानकारी दिए। 

हाल काठमाडौंमा रहेको आइभिएफ टिमले नै विराटनगरमा पनि सेवा दिनेछ। विश्वमा पछिल्लो समय अभ्यासमा आएका अत्याधुनिक उपकरण तथा प्रविधिहरुको प्रयोग गरी हाल थापाथलीमा विश्वस्तरीय सेवा दिइने गरिएको र सोही स्तरको सेवा विराटनगरमा पनि उपलब्ध हुनेछ। देशका अन्य आइभिएफ सेन्टरमा जेनेटिक ल्याबको सुविधा छैन। तर, नर्भिकको यो सेन्टरमा वंशाणुगत रोगको पहिचान गर्ने प्रि–जेनेटिक डाइग्नोसिस सेवासहितको ल्याब समेत रहेको छ। 

प्रि–जेनेटिक डाइग्नोसिसमार्फत स्वस्थ भ्रूणको अवस्था पहिचान गरी गर्भाधारण गराउने गरिन्छ। जसका कारण भविष्यमा जन्मिने बच्चाहरुमा हुनसक्ने विभिन्न खाले वंशाणुगत रोगको जोखिम निराकरण गर्न सकिन्छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 14, 2022| 13:19 मंगलबार, जेठ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्