मंगलबार, चैत ३, २०८२

डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकाका लागि विद्यालय निर्माण हुने

डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकाहरूका लागि विशेष विद्यालय निर्माण गर्ने लक्ष्यका साथ राउण्ड टेबल नेपालले आगामी असार ४ गते एक विशेष कार्निभल आयोजना गर्ने भएको छ।
 |  मंगलबार, जेठ ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३१, २०७९

काठमाडौं– डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकाहरूका लागि विशेष विद्यालय निर्माण गर्ने लक्ष्यका साथ राउण्ड टेबल नेपालले आगामी असार ४ गते एक विशेष कार्निभल आयोजना गर्ने भएको छ।

National life

‘स्कुल फर स्पेसल्स’ प्रोजेक्टको रूपमा राउण्ड टेबल नेपालले पहिलो चरणमा काठमाडौं उपत्यकामा एक विशेष स्कुल निर्माण गर्नेछ भने डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकालाई पढाउने जुनसुकै स्कुलको विकास र वृद्धिका लागि सहयोग गर्ने लक्ष्य समेत राखेको छ।

स्कुल फर स्पेसल्स प्रोजेक्टको पहिलो विद्यालय निर्माणका लागि राउण्ड टेबल नेपालकै एक सदस्यले निःशुल्क प्रयोगकका लागि दिएको जग्गामा विद्यालय निर्माण गर्ने विकल्प सहित आफ्नै जग्गा खरिद गर्ने सम्मका योजनाहरू रहेका छन्, जसको पहिलो पाइलाको रूपमा यो फण्ड रेजर इभेन्ट आयोजना गर्न लागिएको हो।

आर्थिक रूपमा यस परियोजनाका सहयोगीहरूलाई दबाब नपर्ने र आर्थिक गतिविधी समेत हुने र प्रायोजकले व्यवसायिक कार्यक्रम जस्तै लाभ हासिल गर्न सक्ने यस्तै कार्यक्रमहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आयोजना गर्दै जाने राउण्ड टेबल नेपालको योजना रहेको छ।

मल्ल होटलमा आयोजना गरिने यस कार्निभलमा बालबालिकाहरूका लागि विशेष खेलहरू समेत हुनेछन्। यसबाहेक कार्यक्रममा खानपिनको समेत व्यवस्था छ। कार्यक्रमको प्रवेश टिकट दर भने प्रति व्यक्ति एक हजार रूपैयाँ तोकिएको छ। 

Laxmi sunrise bank
kumari

यस कार्निभलको आयोजनाको लागि निःशुल्क रूपमा होटल उपलब्ध गराएर होटल मल्ल स्कुल फर स्पेसल परियोजनामा सहकार्यको हात बढाएको हो। होटलकी सहयोगी निर्देशक अनुस्का मल्लले राउण्ड टेबल नेपालको यस योजनामा सहभागी हुन पाउँदा आफू हर्षित भएको बताउँदै कार्यक्रमको सफलताका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

डाउन सिन्ड्रोम तथा अटिजम प्रति जनचेतना अभिवृद्धि गर्दै यस्ता फरक क्षमता भएका बालबालिकाहरूको शिक्षा तथा व्यक्तिगत विकासमा सहयोगी बन्ने अभिप्रायका साथ राउण्ड टेबलले युवा लक्षित कार्यक्रमको आयोजना गर्ने भएको हो। राउण्ड टेबल नेपालले फ्रिडम थ्रु एजुकेशन शीर्षकमा नेपालको शिक्षा क्षेत्रको विकासका लागि विभिन्न कार्यक्रमहरू संचालन गर्दै आएको छ।

प्रकाशित: Jun 14, 2022| 12:18 मंगलबार, जेठ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्