मंगलबार, फागुन १९, २०८२

महिला टी-ट्वान्टी च्याम्पियनसिप खेल्ने नेपाली टिम घोषणा

मलेसियामा आयोजना हुने एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपका लागि नेपाली टिमको घोषणा भएको छ। रुबिना क्षेत्रीको कप्तानीमा प्रशिक्षक जगत टमाटाले नेपाली टिमको घोषणा गरेको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको हो।
 |  सोमबार, जेठ ३०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३०, २०७९

काठमाडौं- मलेसियामा आयोजना हुने एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपका लागि नेपाली टिमको घोषणा भएको छ। रुबिना क्षेत्रीको कप्तानीमा प्रशिक्षक जगत टमाटाले नेपाली टिमको घोषणा गरेको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको हो।

१५ सदस्यीय महिला टिमको प्रारम्भिक टोलीमा रहेका १९ खेलाडीबाट छानेर अन्तिम टोलीको घोषणा भएको हो। अहिले मनिषा उपाध्याय पहिलो पटक टिममा परेकी छन्।

अब मलेसियामा च्याम्पियनसिप आउँदो जुन १७ बाट सुरु हुँदैछ। समूह बीमा नेपाल  हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन् भने समूह एमा आयोजक मलेसियासँगै युएई, ओमान,कतार र सिंगापुर छन्।

समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। त्यस्तै, च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी-ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ।

खेलाडीः

kumari



प्रकाशित: Jun 13, 2022| 19:04 सोमबार, जेठ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।