शुक्रबार, कात्तिक २, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • कांग्रेसबाट बागी बनेर जितेका चौधरीलाई जब देउवाले फोन गरेर सहयोग मागे

Siddartha premir insuranceSiddartha premir insurance

कांग्रेसबाट बागी बनेर जितेका चौधरीलाई जब देउवाले फोन गरेर सहयोग मागे

चौधरीले सोमबार हुन लागेको जिल्ला समन्वय समिति निर्वाचनमा के गर्छन् भन्ने चासोको विषय थियो। यहीबीच आइतबार बेलुकी प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले चौधरीलाई फोन गरे।
 |  सोमबार, जेठ ३०, २०७९
nespernesper

यज्ञराज जोशी

यज्ञराज जोशी

सोमबार, जेठ ३०, २०७९

काठमाडौं- कैलाली जिल्लाको कैलारी गाउँपालिका अध्यक्षमा कांग्रेसका बागी उम्मेदवार राजसमझ चौधरीले रोचक रुपमा चुनाव जिते। सत्ता गठबन्धनले पद भागवण्डा गर्दा कैलारी नेकपा माओवादी केन्द्रको भागमा परेको थियो। त्यसैले राजसमझलाई चुनाव नलड्न कांग्रेस केन्द्रीय कार्यालयले पत्रसमेत पठाएको थियो।

राजसमझले चुनावको सबै तयारी गरिसकेका थिए। कांग्रेस केन्द्रीय कार्यालयबाट सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले उम्मेदवारी फिर्ता लिन पत्र पनि पठाइन्। 'मेरो उम्मेदवारी खोस्नका लागि पार्टीबाट पत्र आएको थियो। यहाँ गठबन्धन गर्दा माओवादीको भागमा परेकाले मलाई उम्मेदवारी फिर्ता लिन भनिएको थियो,' चौधरी भन्छन्, 'तर, केन्द्रले पठाएको पत्रमा रामसमझ चौधरी भनेर लेखिएको थियो। मेरो नाम राजसमझ हो। रामसमझ मेरो दाइको नाम हो। उक्त नाम नमिलेपछि मैले रुख चिन्हबाट नै चुनाव लड्ने मौका पाएँ।'

उनले नाम नमिलेर आफ्नो उम्मेदवारी यथावत् रहेको र पालिकाका सबै वडामा समेत कांग्रेसलाई विजयी गराउन सफल भएको बताए। उनी गठबन्धनका उम्मेदवार लाजुराम चौधरीलाई पराजित गर्दै गाउँपालिका अध्यक्षमा विजयी भएका थिए।

राजसमझले १० हजार ४२२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका लाजुरामले ६ हजार ४३० मत ल्याएका थिए। उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै भगवतीकुमारी चौधरी विजयी भएकी थिइन्। उनले माओवादी केन्द्रकी लक्ष्मी सतगौवा थारुलाई पराजित गरेकी हुन्। विजयी भगवतीले १० हजार ४८४ मत प्राप्त गर्दा पराजित थारुले ६ हजार ४७७ मत पाएकी थिइन्।

राजसमझलाई कांग्रेस कैलालीले पनि कारबाही गर्ने जनाएको थियो। यसरी पार्टीको निर्णय विपरीत पालिका अध्यक्षमा उठेर निर्वाचित भएका चौधरी कसरी अघि बढ्छन् भन्ने सबैको चासो थियो।

चौधरीले आज सोमबार हुन लागेको जिल्ला समन्वय समिति निर्वाचनमा के गर्छन् भन्ने पनि चासोको विषय थियो। यहीबीच हिजो आइतबार बेलुकी प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले चौधरीलाई फोन गरेर पार्टीबाट कुनै कारबाही नगरिएको र जिल्ला समन्वय समितिको निर्वाचनमा कांग्रेसलाई सघाउन आग्रह गरे। त्यसपछि चौधरीले कांग्रेसमै खुल्ने बताएका छन्।

उनले कांग्रेसमा आफ्नो परिवारको ठूलो योगदान गरेको कुरासमेत देउवाले स्मरण गरेको बताए। 'मेरो दाइ रामसमझ  बालकृष्ण दाइ (बालकृष्ण खाण) अध्यक्ष भएको समयमा तरुण दल र एनपी दाइ (एनपी सावद) अध्यक्ष भएको समयमा नेविसंघको केन्द्रीय सदस्य हुनुहुन्थ्यो। हाम्रो परिवारको कांग्रेसमा ठूलो योगदान छ। मलाई हिजो सभापतिज्यूले फोन गरेर कारबाही नगरिएको बताउनुभयो। उहाँले त झनै मलाई नै पार्टीको आधिकारिक उम्मेदवार भएको र सबै वडामा समेत पार्टीलाई जिताएर सराहनीय काम गरेको भन्दै धन्यवाद दिनुभयो र मलाई कांग्रेसमै रहेर पार्टीलाई सघाउन भन्नुभयो। प्रधानमन्त्रीज्यूले नै फोन गरेर आग्रह गरिसकेपछि मैले नाइँ भन्ने कुरै हुँदैन,' नेपाल समयसँग कुरा गर्दै चौधरीले भने।

triton college

चौधरीले सोमबार हुन लागेको जिल्ला समन्वय समिति निर्वाचनमा के गर्छन् भन्ने चासोको विषय थियो। यहीबीच आइतबार बेलुकी प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले चौधरीलाई फोन गरे।

उनले त्यसक्रममा देउवालाई गठबन्धनले आफूलाई कारबाही गर्ने भनेकोमा त्यसको 'क्लिन चिट' चाहिएको बताएको जानकारी दिए। तर, देउवाले पार्टीले कुनै कारबाही नै नगरेको बताएपछि आफू कांग्रेसमै रहेर काम गर्ने चौधरीको भनाइ छ।

उनले कांग्रेसमा आफ्नो परिवारको ठूलो योगदान रहेको कुरासमेत देउवाले स्मरण गरेको बताए। 'प्रधानमन्त्रीज्यूले नै फोन गरेर आफ्नो परिवारको योगदानको चर्चा गर्दा खुशी लागेको छ,' उनले भने। आगामी दिनमा समेत आफूले कांग्रेसमै कटिवद्ध भएर काम गर्ने उनले बताए।

कैलारी गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष एवं पालिकाका प्रवक्ता दीपेन्द्र बमले पनि पार्टी सभापतिले नै फोन गरेर आधिकारिक उम्मेदवार चौधरी नै रहेको भन्दै बधाई दिइसकेपछि आफूहरूलाई खुशी लागेको बताए। यसले पालिकामा काम गर्न थप सहज वातावरण सिर्जना गरेको उनी बताउँछन्।

कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरी र उपाध्यक्ष भगवतीकुमारी चौधरी
'उहाँ नै पार्टीको आधिकारिक उम्मेदवार हुनुहुन्थ्यो। कैलाली जिल्ला सभापतिले कारबाहीको पत्र पठाउनु भएको थियो। त्यस बारेमा हामी जान्दैनौं। उहाँलाई पार्टीले नै जिताएको हो। उहाँ पार्टीभन्दा बाहिर जानु हुँदैन,' उनले भने।

कैलालीमा १३ वटा पालिका छन्। जिसस निर्वाचनका लागि २६ जना मतदाता छन्। भ्रष्टाचार अभियोगमा विशेष अदालतमा विचाराधीन मुद्दाका कारण मोहन्याल गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्याय चुनावी प्रक्रियामा सहभागी हुन पाउने छैनन्। यससँगै कैलालीमा मतदाता संख्या २५ मा झरेको छ।

उपाध्यायले मतदान गर्न नपाएपछि कैलालीमा २५ जना मतदाता रहनेछन्। २५ जनामध्ये सत्ता गठबन्धनका १२ जना छन्। कांग्रेसले ८, माओवादीले मोहन्याल बाहेक ३ र नेकपा एकीकृत समाजवादीले १ पालिकामा जित हासिल गरेको थियो।

कैलालीमा नागरिक उन्मुक्ति पार्टी र नेकपा एमालेले तालमेल गर्ने जनाइसकेका छन्। नागरिक उन्मुक्ति पार्टीका ७ र एमालेका ५ मतदाता जोड्दा उनीहरूको पनि १२ पुग्छ। धनगढी उपमहानगरपालिकामा स्वतन्त्र जितेका गोपाल हमाल जिसस चुनावमा तटस्थ बस्ने बताउँदै आएका छन्।

दलहरूबाट अन्तर्घात नभए, मत बदर नभए र हमाल उम्मेदवार स्वतन्त्र बस्ने अवस्था आए कैलालीमा जिससको नेतृत्व गोला प्रथाबाट चुनिने सम्भावना बढेको छ।

प्रकाशित: Jun 13, 2022| 09:06 सोमबार, जेठ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।