सोमबार, असोज ८, २०८०

गीतमार्फत 'बाउ बोला' भन्‍ने जी-बबले बाबुआमाविरुद्ध लगाए यस्ता आरोप

मिलेन तेरो लेबल, बाउ बोला ए!' भन्‍ने र्‍याप गीतबाट चर्चामा आएका र्‍यापर जी-बब अहिले आफ्नै बाबुआमा कारण विवादमा आएका छन्। गत शुक्रबार जी-बब(सुदीप भण्डारी)विरुद्ध उनका बाबु-आमाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि परिवारको आन्तरिक विवाद बाहिरिएको हो।
 |  आइतबार, जेठ २९, २०७९
averest bankaverest bank

राज सरगम

राज सरगम

आइतबार, जेठ २९, २०७९

काठमाडौं- 'मिलेन तेरो लेबल, बाउ बोला ए!' भन्‍ने र्‍याप गीतबाट चर्चामा आएका र्‍यापर जी-बब अहिले आफ्नै बाबुआमा कारण विवादमा आएका छन्। गत शुक्रबार जी-बब(सुदीप भण्डारी)विरुद्ध उनका बाबु-आमाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि परिवारको आन्तरिक विवाद बाहिरिएको हो। 

sagarmatha cement

बाबुआमाले उजुरी दिएको थाहा पाएपछि जी-बबले पनि जिल्ला प्रशासन कार्यालयमा आफ्नो स्वतन्त्रताको माग गर्दै निवेदन दिएका थिए। 

रिह्याब सेन्टर जानुअघि आयोजित पत्रकार सम्मेलनमा उनले बाआमाविरुद्ध मुद्दा हालेको नभई निवेदन दिएको बताउँदै जी-बबले आफू घर नजाने बताए । छोराछोरीले बाबुआमालाई रूवाएर के पाउँछन्? किन रुवाउनु पर्‍यो? र्‍यापर जी–बब भन्छन्, ‘बाबुआमालाई रूवाउन खोजेको होइन, बरू स्वतन्त्र हुन खोजेको हो।' 

‘मैले मेरो स्वतन्त्रता खोजेको हुँ’, राजधानीमा पत्रकार भेटघाटका क्रममा उनले भने। काठमाडौंका प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिँदै उनले आफ्नो स्वतन्त्रताको माग गरेका छन्। उनले भने, 'मैले स्वतन्त्रताको माग गर्दै निवेदन दिएको थिएँ। तर, ‘मुद्दा’ भन्ने शब्द जोडेर अनावश्यक चर्चा गरियो।'

उनले निवेदनमा लेखेका छन्, ‘म पहिला ४–५ चोटी रिहबमा परेको पनि थिएँ र पछि पनि मलाई घरपरिवारले बारम्बार रिहाबमा हालिदिए। म रिहाबमा जाँदिनँ भनिरहेको छु। अब त घर पनि जाँदिनँ। घर र मेरोबीच गलत सूचना प्रवाह भएकाले पनि यस्तो भएको हो।’

उनले निवेदनको व्यहोरा सुनाउँदै गर्दा आफूहरुबीच 'मुद्दा' भन्‍ने शब्द नजोड्न अनुरोध पनि गरे। बाबुआमालाई कानुनी दायारामा ल्याउन नभइ बाबुआमाबाट मेरो छुटकारा मिलोस् भन्‍ने उद्देश्यले निवदेन दिएको बताए। 

‘म बुझ्‍न सक्ने छु, त्यसैले मलाई कुनै दबाब नदिन जिल्ला प्रशासन कार्यलयको शरणमा गएको हुँ’, उनले भने, ‘आमाले मिडियामा घरको कुरा बाहिर ल्याएको भएर म पनि मिडियामा आएको हुँ।’ 

उनले आफू स्वस्थ रहेको दाबी गर्दै मानसिक सन्तुलन पनि ठिक रहेको उल्लेख गरे। आफू संसारकै उत्कृष्ट ब्याटल र्‍यापर भएको पनि उनले दाबी गरे। उनको अभिव्यक्तिमा केही अहमता पनि देखिन्थ्यो। भने, 'म सुपर-स्टार' नै हो।' 

आमा र छोराबीचको सम्बन्ध आम मान्छेकोजस्तो नभएको बताउँदै उनले आफूलाई बारम्बर सुधार केन्द्रमा हालेर ‘टर्चर’ दिएको बताए। जी–बबले घरबाट आफ्नो कागजपत्र लिएर निस्किएको दिन पनि सम्झिए, ‘म आफ्नो बाबुआमाको एक रुपैयाँ पैसा पनि लैजादिनँ भनेर निस्किएको हो। र समर्पण समाज पुनर्स्थापना केन्द्रमा अब आउँदिन दाइ भनेर निस्किएको थिएँ।’

उनले आफ्नो लागुऔषध प्रयोग गर्ने गरेको बताए। भने, 'चार वर्षसम्म लगातार ‘ड्रग्स’ गर्ने मान्छे हुँ।' सबैका अनुभव एकै नहुने भएकोले आफ्नो अनुभव अरुको भन्दा फरक रहेको उनले सुनाए। जी–बबका बुबा लामो समय बाहिर हुँदा जी बब आमासँगै हुर्किए। कक्षा एक देखि १० सम्म आमासँगै बसेर पढे। 'अहिले अचानक बाबु आएर घर बोलाउँदा म जान्छु त?,' उनले प्रश्‍न गरे। 

एनटीएफले आमा-छोराबीचको सम्बन्धलाई व्यवसायीकरण गरेको उनको आरोप छ।  एनटीएफका सञ्‍चालक निम सङ शेर्पाले भने आफूहरुको कामको सम्बन्ध मात्रै रहेको बताइन्। एएनटीएफका तर्फबाट शेर्पाले जी-बबसँग मात्रै सरोकार रहेको बताए। जी-बब र उसको परीवारबीच हुने खटपटको बारेमा बोल्न चाहेनन्। बरू जी-बबसँग काम गर्ने, सम्पर्कमा रहने र पैसाको लेनदेन पनि जी-बबसँगै हुने बताए।

प्रकाशित: Jun 12, 2022| 19:02 आइतबार, जेठ २९, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नेम्वाङ निधनले स्थगित बीपी साहित्य महोत्सव समापन आगामी बुधबार

नेम्वाङ निधनले स्थगित बीपी साहित्य महोत्सव समापन आगामी बुधबार

स्थगित भएको तेस्रो र अन्तिम दिन (२६ भदौ) को कार्यक्रम आगामी बिहीबार बिहान साढे १० साँझ ५ बजेसम्म पार्टी मुख्यालय सानेपामा गरिनेछ।
सुवास नेम्वाङको निधनपछि बीपी साहित्य महोत्सव स्थगन

सुवास नेम्वाङको निधनपछि बीपी साहित्य महोत्सव स्थगन

संविधानसभाध्यक्ष एवं एमाले नेता सुवासचन्द्र नेम्बाङको अकस्मात निधन भएपछि कांग्रेसले बीपी साहित्य महोत्सव स्थगित गरेको हो। 
पानी पर्ने सहरमा लोकप्रिय बनेको पानी रङ कला

पानी पर्ने सहरमा लोकप्रिय बनेको पानी रङ कला

क्षणभरमा पानी पर्ने, घाम लाग्ने, घनघोर पानी क्षणभरमै सुक्ने आदि विविधता पोखराको विशिष्टता हो। यही पोखरालाई कलाका क्षेत्रमा पानी रङको सहरका रुपमा पनि चिनिन्छ।
बीपीले 'पवित्रा'मार्फत उजागर गरेको प्रेम र यौन संवेग

बीपीले 'पवित्रा'मार्फत उजागर गरेको प्रेम र यौन संवेग

कोइरालाले यस कथामा आफैंभित्र फुटेको र चिरिएको व्यक्तित्वको रुपमा पवित्रालाई उभ्याएका छन्।
अभिनेत्री दिव्या दत्ताले सुनाइन् बलिउड सपनाको ‘उडान’

अभिनेत्री दिव्या दत्ताले सुनाइन् बलिउड सपनाको ‘उडान’

बलिउडमा तीन दशक बिताइसकेकी अभिनेत्री दत्ताले नेपाली चलचित्र ‘वसन्ती’ र ‘माया नमार’ मा काम गरेकी छन्।