मंगलबार, चैत ३, २०८२

गगन थापाले उद्घाटन गरे नील डेविड्स सैलुनको हात्तीगौंडा शाखा

नील डेविड्स सैलुनको १६ औं वार्षिकोत्सव अवसर पारेर काठमाडौंको बुढानीलकण्ठ नगरपालिका, हात्तीगौंडामा नयाँ शाखा उद्घाटन गरिएको छ।
 |  आइतबार, जेठ २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २९, २०७९

काठमाडौं– नील डेविड्स सैलुनको १६ औं वार्षिकोत्सव अवसर पारेर काठमाडौंको बुढानीलकण्ठ नगरपालिका, हात्तीगौंडामा नयाँ शाखा उद्घाटन गरिएको छ।

National life

नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापा, अभिनेता भुवन केसी, अभिनेत्री सञ्चिता लुईंटेल तथा अन्तर्राष्ट्रिय हेयर स्टाइलिष्ट नील डेविड कटवालले संयुक्त रुपमा सैलुन उद्घाटन गरेका हुन्।

मेनुका काफ्लेले नयाँ शाखा सञ्चालनमा ल्याएकी हुन्। सैलुन उद्घाटन समारोहमा गगन थापाले कपाल काट्ने पेशालाई अन्तर्राष्ट्रिय ब्राण्ड बनाउन सफल नील डेविड कटवाललाई १६ औं वार्षिकोत्सवको शुभकामना दिए। यो ब्राण्डले अन्तर्राष्ट्रिय जगतमा नेपालको चिनारी गराउन सफल हुने विश्वास व्यक्त गरे। 

अभिनेता भुवन केसी तथा अभिनेत्री सञ्चिता लुईंटेलले पनि व्यवसाय सफलताको शुभकामना दिए। १६ वर्षअघि काठमाडौं मलमा  सुरू भएको नील डेबिड्सले नेपाल तथा भारतमा करिब एक सय शाखा विस्तार गरिसकेको छ। 

प्रकाशित: Jun 12, 2022| 17:55 आइतबार, जेठ २९, २०७९
प्रतिक्रिया दिनुहोस्