बिहीबार, असार ३२, २०८३

उपभोक्ता ठगी गर्ने धनगढीका ३ पेट्रोल पम्पमा शिल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- मापदण्ड भन्दा कम परिमाणमा पेट्रोलियम पदार्थको बिक्रि वितरण गरी उपभोक्ता ठगी गर्ने धनगढीका विभिन्न तीन वटा पेट्रोल पम्पका पाँच वटा मेसिनमा शिल गरिएको छ। 

सोमबार संयुक्त अनुगमन टोलीले गरेको बजार अनुगमनका क्रममा नापतौल गर्दा मापदण्ड भन्दा कम परिणाममा बिक्रि गर्ने शिवशंकर जनरलस्टोर, मल्ल आयल स्टोर, हरी आयल स्टोरका पाँच वटा पप्पमा शिल गरेको हो। 

जिल्ला प्रशासन, गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय र नेपाल आयल निगमको संयुक्त टोलीले छ वटा पेट्रोल पम्पमा गरेको अनुगमनका क्रममा तीन वटामा मापदण्ड अनुसार नै विक्रि वितरण भइरहेको जनाएको छ। 

कैलालीका प्रशासकिय अधिकृत यादव प्रसाद भण्डारीले परीक्षणका क्रममा मापदण्ड भन्दा कम पदार्थ बिक्रि गरेको भेटिए पछि तीन वटै पप्पमा अर्को आदेश नभए सम्मका लागि सिल गरिएको जानकारी दिए। जिल्ला प्रशासनका नायव सुब्बा राममुर्ति सिंहको नेतृत्वमा गएको टोलीले न्यूनतम् मापदण्ड भन्दा कम परिमाणमा बिक्रि भइरहेको भेटाएको हो। 

नापतौल कार्यालयका प्रमुख रोशन गौतमले विभागको मापदण्ड अनुसार १० लिटरको जर्किनमा नाप जाँच गर्दा प्रति १० लिटरमा न्यूनतम ३० मिलिलिटर देखि अधिकतम् ६० मिलिलिटर सम्म कम भेटिएको जानकारी दिए।
 
गौतमका अनुसार सिल गरिएका पेट्रोल पम्पका संचालकलाई जनही एक हजारका दरले जरिवाना हुने कानुनी व्यवस्था छ। उनका अनुसार संचालकले मेसिन मिलान गरेपछि नाप जाँच गर्न पुनः नापतौल कार्यालयलाई खबर गर्ने र प्राविधिक टोलीले पुनः नापजाँच गरेपछि मात्र पप्प संचालनमा आउने छ। 


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्