आइतबार, जेठ १७, २०८३

गाउँपालिका टोलटोलमै पुगेर स्वास्थ्य परीक्षण

बागलुङको निसीखोला गाउँपालिकाले पालिकाअन्तर्गतका ज्येष्ठ नागरिक, अपाङ्गता तथा गर्भवती महिलाको प्रत्येक महिना टोल–टोलमै पुगेर स्वस्थ्य परीक्षण गर्ने भएको छ।
 |  शनिबार, जेठ २८, २०७९

रासस

रासस

शनिबार, जेठ २८, २०७९

गलकोट- बागलुङको निसीखोला गाउँपालिकाले पालिकाअन्तर्गतका ज्येष्ठ नागरिक, अपाङ्गता तथा गर्भवती महिलाको प्रत्येक महिना टोल–टोलमै पुगेर स्वस्थ्य परीक्षण गर्ने भएको छ। 

National life

गाउँपालिकाको पहिलो कार्यपालिका बैठकले नयाँ आर्थिक वर्षदेखि स्वास्थ्य परीक्षण गरिने निर्णय भएको गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले जानकारी दिए। ज्येष्ठ नागरिक, अपाङ्गता भएका तथा गर्भवती महिला स्वास्थ्य संस्थामा पुगेर स्वास्थ्य परीक्षण र उपचार गराउन नसक्ने हुँदा गाउँपालिकाले टोलमै पुगेर स्वास्थ्य परीक्षण गर्ने योजना बनाएको अध्यक्ष घर्तीमगरको भनाइ छ। 

अध्यक्ष घर्तीमगरले भने, 'उहाँहरुलाई स्वास्थ्य संस्थामा गएर स्वास्थ्य परीक्षण गराउन समस्या हुने हुँदा गाउँपालिकाले नै उहाँहरुको स्वास्थ्य परीक्षण गर्ने भएको छ, हरेक महिना टोल–टोलमा पुगेर त्यस्ता नागरिकको स्वास्थ्य परीक्षण गर्ने छ भने आवश्यक औषधिको समेत व्यवस्थापन गर्ने योजना बनाएका छौँ।'

गाउँपालिकाले स्वास्थ्य परीक्षणका लागि टोल–टोलमै स्वास्थ्यकर्मी खटाउने अध्यक्ष घर्तीमगरको भनाइ छ। उनले गाउँपालिकामा रहेका अपाङ्गता र ज्येष्ठ नागरिकको तथ्याङ्कसमेत सङ्कलन गरी स्वास्थ्य परीक्षणलाई प्रभावकारी गराउने बताए। 

अध्यक्ष घर्तीमगरले गाउँपालिकाले सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्नेसमेत निर्णय गरेको बताए। गाउँ कार्यपालिका बैठकले पालिकाको आफ्नै एम्बुलेन्स सञ्चालन गर्ने निर्णयसमेत गरेको छ। 

Shivam cement

गाउँपालिकामा कुनै पनि बिरामी परे उनीहरुलाई तुरुन्तै अस्पतालसम्म पुर्‍याउनका लागि अहिले निसीखोलामा एउटा पनि एम्बुलेन्स छैन। अब गाउँपालिकाले नयाँ आर्थिक वर्षमा एम्बुलेन्स खरिद गर्ने अध्यक्ष घर्तीमगरको भनाइ छ।

प्रकाशित: Jun 11, 2022| 08:24 शनिबार, जेठ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।