काठमाडौं- नेप्से परिसूचक १०.४३ अंक बढेको छ। साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) बजारमा एउटा बाहेक सबै समूहको परिसूचकमा बजार दोहोरो अंकले बढेपछि हरियाली छाएको हो।
परिसूचक १०.४३ अंक बढेर एक हजार १७४.३७ बिन्दुमा पुगेको छ। १५७ कम्पीहरुको ३ हजार १ शेयर ५ लाख ३३ हजार ४९२ पटक खरिद बिक्रीबाट १६ करोड ९६ लाख ६१ हजार ४३१ रुपैयाँको कारोबार भएको छ । गएको दिनको तुलनामा कारोबार भने घटेको छ।
साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १६.६९ अंक घटेर १ हजार १६३.९४ विन्दुमा झरेको थियो। उक्त विन्दुमा परिसूचक झर्दा पनि २५ करोड बढीको कारोबार भएको थियो।
होटलबाहेक नेप्से बजारमा आएका नौं समूहकै परिसूचक बढेको हो। सबैभन्दा बढी लाईफ इन्स्योरेन्सको परिसूचक ११०.८५ अंक बढेको छ । त्यसपछि नन लाईफ इन्सोरेन्सको परिसूचक ७५.५५ र विकास बैंक समूहको परिसूचक १६.२२ अंक बढेको छ।
त्यसैगरी बैंकीङ, हाइड्रोपावर, फाइनान्स, उत्पादनमुलक, अन्य र माइक्रोफाइनान्स समूहको परिसूचक बढेको छ। होटल समूहको परिसूचक भने २.५ अंक घटेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४