मंगलबार, चैत ३, २०८२

बालबालिकालाई आजदेखि कोभिडविरुद्धको बुस्टर डोज दिइँदै

१२ देखि १७ वर्ष उमेरसमूहका बालबालिकालाई शुक्रबारदेखि कोभिडविरुद्धको बुस्टर डोज लगाइने भएको छ।
 |  शुक्रबार, जेठ २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २७, २०७९

काठमाडौं- १२ देखि १७ वर्ष उमेरसमूहका बालबालिकालाई शुक्रबारदेखि कोभिडविरुद्धको बुस्टर डोज लगाइने भएको छ। स्वास्थ्य मन्त्रालयको २४ जेठमा गरेको निर्णयअनुसार १२ देखि १७ वर्ष उमेरसमूहलाई बुस्टर डोज दिन लागिएको स्वास्थ्य सेवा विभागका परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखाले जनाएको छ। 

National life

१७ वर्षमुनिका बालबालिकामा मोडेर्ना र फाइजर खोप प्रयोगमा आए पनि बुस्टर डोजका लागि दुईमध्ये जुनसुकै खोप पनि प्रयोगमा ल्याउन सकिने खोप शाखाले जनाएको छ। 

बुस्टर डोजका लागि खोपको दुई मात्रा लगाएको तीन महिना पूरा हुनुपर्नेछ। चिकित्सकका अनुसार बालबालिकामा बुस्टरका लागि फाइजर खोपको ०.३ एमएल र मोडेर्ना खोप बुस्टरको रूपमा दिँदा ०.२५ एमएल दिनुपर्ने मापदण्ड छ।

हालसम्म १८ वर्षभन्दा माथि उमेरसमूहमा बुस्टर खोपको रूपमा ५० लाख ५८ हजार नौ सय ६५ डोज खोप प्रयोगमा आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। देशभर हालसम्म १२ वर्षमाथिका लक्षित जनसंख्यामा ८५.६ प्रतिशतले खोपको पूर्ण मात्रा लगाइसकेका छन्। 

प्रकाशित: Jun 10, 2022| 08:36 शुक्रबार, जेठ २७, २०७९
प्रतिक्रिया दिनुहोस्