बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ग्लोबल आइएमईका ग्राहकलाई ग्रीन सिटीमा २० प्रतिशत छुट 

ग्लोबल आइएमईका ग्राहकलाई ग्रीन सिटीमा २० प्रतिशत छुट 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- ग्लोबल आइएमई बैंक र ग्रीन सिटी अस्पतालबीच सोमबार अस्पतालले प्रदान गर्ने विभिन्न सेवा-सुविधामा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। बैंकले हस्पिटलसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले दुईपक्षीय सम्झौता गरेको हो।

उक्त सम्झौतापत्रमा ग्रीन सिटी अस्पतालका सिनियर हस्पिटल म्यानेजर मनिष दवाडी र ग्लोबल आइएमई बैंकका कार्ड वितरण तथा प्रबर्द्धन विभाग प्रमुख रविन्द्र ढकालले हस्ताक्षर गरेका छन्। 
 
बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिंङ सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता योजनाहरु ल्याइरहेको छ।

सम्झौता पश्चात ग्रीन सिटी अस्पताल, वसुन्धरामा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा २० प्रतिशतसम्म छुट प्रदान गर्ने जानकारी दिइएको छ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले हालसम्म १३१ शाखा, १३४ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १५ राजश्व संकलन काउण्टर, १०० शाखा रहित बैंकिङ्ग सेवा लगायतमार्फत देशैभर सेवा प्रदान गरिरहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्