बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंको फोहोर नउठेपछि प्रधानमन्त्रीले बालेनलाई बोलाए

काठमाडौंको फोहोर नउठेपछि प्रधानमन्त्रीले बालेनलाई बोलाए

करिब दुई सातादेखिको काठमाडौं उपत्यकामा फोहोर उठ्न नसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं महानगरपालिकामा मेयर बालेन शाहलाई बालुवाटार बोलाएका छन्।
 |  बिहीबार, जेठ २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २६, २०७९

काठमाडौं- करिब दुई सातादेखिको काठमाडौं उपत्यकामा फोहोर उठ्न नसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं महानगरपालिकामा मेयर बालेन शाहलाई बालुवाटार बोलाएका छन्। 

National life

फोहोर उठाउने सहमति भए पनि फोहोर फाल्‍ने ठाउँका स्थानीयले विरोध गरेपछि फोहोरसहितका डेढ सय ट्रक काठमाडौं फर्काइएको थियो। बुधबार बिसर्जनका लागि बञ्चरे पुर्‍याइएका ट्रकहरूलाई पुनः काठमाडौं नै फर्काइएको हो। 

प्रहरीले बल प्रयोग गर्दा पनि काठमाडौंको फोहोर उठ्न नसकेपछि बिहीबार प्रधानमन्त्री देउवाले बालेनलाई बोलाएर काठमाडौंको फोहोर व्यवस्थापनका विषयमा भएको प्रगतिबारे जानकारी लिएका हुन्। 

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार प्रधानमन्त्री देउवाले मेयर बालेनलाई फोहोर व्यवस्थापनमा देखिएको समस्या समाधान गर्न सरकारको साथ रहने बताएका हुन्। उनले प्रधानमन्त्रीले बञ्‍चरेडाँडका स्थानीयबासी र जनप्रतिनिधिसँग पनि छलफल गरेर दीर्घकालिन समाधान खोज्‍न मेयर बालेनलाई आग्रह गरेका हुन्। 

बुधबार प्रहरीले धरपकड र अश्रुग्याससहितको बल प्रयोग गरी काठमाडौंको फोहोर विसर्जन गर्ने प्रयास गरेको थियो। तर स्थानीयको आन्दोलन दबाउन नसकेपछि फोहोरका डेढ सय ट्रक काठमाडौं नै फर्काइएको थियो। 

Shivam cement

धुनिवेशी नगरपालिका वडा १ का अध्यक्ष मानबहादुर तामाङका अनुसार स्थानीयको मागका विषयमा थप छलफल भएको छैन। काठमाडौं महानगरमा पुनःबैठक बस्‍ने बताए पनि समस्या समाधान हुन सकेको छैन। 

गत मंगलबार सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको उपस्थितिमा काठमाडौं र नुवाकोट र धादिङका जनप्रतिनिधिहरुसहितको सहभागीतामा फोहोर व्यवस्थापन गर्ने सहमति भएको थियो। तर, विगतदेखि हालसम्मको समस्या यथावत् रहेको भन्दै स्थानीयले फोहोर फाल्न नदिएका हुन्। स्थानीय श्रीराम ढुंगानाले भने, 'हाम्रो समस्या सुल्झाउने सहमति पत्र बनेन। यो सम्झौतापत्रले हाम्रो विश्वासको आधार खडा गरेन, त्यसैले अवरोध गरेका हौं।उहाँहरुले सम्झौतापत्रमा करेक्सन गर्न तयार हुनु भए भोलिदेखि नै फोहोर विसर्जन गर्न दिन्छौं। अब मन्त्रालयको हातको कुरा हो पत्र करेक्सन कतिबेला गर्ने?’

जग्गा अधिग्रहण, गुठी जग्गा व्यवस्थापन, उद्योग स्थापना र  स्थानीय युवालाई रोजगारीको व्यवस्था लगायतका कुरामा स्पष्ट व्यवस्था नभएकोमा उनीहरुको असन्तुष्टि छ।

फोहोर व्यवस्थापनका लागि काठमाडौंका मेयर बालेन्द्र शाह पटक पटक बञ्चरे डाँडा पुगेका छन्। तर फोहोर उठ्न सकेको छैन। 

प्रकाशित: Jun 09, 2022| 20:00 बिहीबार, जेठ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।