काठमाडौं- ललितपुरमा एक किशोरी बलात्कृत भएको आरोपमा एक जनालाई प्रहरीले पक्रउ गरेको छ।
१५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा ललितपुर बस्दै आएका मिलन परियारलाई प्रहरीले पक्राउ गरेको हो।
सुनाकोठी बस्ने ओखलढुंगा गढी गाउँपालिका-३ दियालेका परियारले गत जेठ १४ गते किशोरी बलात्कार गरेको प्रहरीले जनाएको छ। घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।