मंगलबार, चैत ३, २०८२

५६ वटा चिकित्सा विज्ञानका शैक्षिक कार्यक्रमको शुल्क निर्धारण

चिकित्सा शिक्षा आयोगको नवौं बैठकले आयोगले ५६ वटा चिकित्सा विज्ञानका शैक्षिक कार्यक्रमको शुल्क निर्धारण गरेको हो।
 |  बिहीबार, जेठ २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २६, २०७९

काठमाडौं- चिकित्सा शिक्षा आयोगले नर्सिङ, एमबीबीएसदेखि डिएम-एमसीएचसम्मको चिकित्सा शिक्षा कार्यक्रमको शुल्क निर्धारण गरेको छ। चिकित्सा शिक्षा आयोगको नवौं बैठकले आयोगले ५६ वटा चिकित्सा विज्ञानका शैक्षिक कार्यक्रमको शुल्क निर्धारण गरेको हो। 

National life

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले स्नातक तहमा ३.६ प्रतिशत शुल्क बढाउने निर्णय गरेको हो। काठमाडौं उपत्यका भित्र एमबीबीएसको शुल्क ४१ लख ६८ हजार ९० रुपैयाँ तोकिएको छ भने उपत्यका बाहिर ४५ लाख ९५ हजार ७ सय २० रुपैयाँ तोकिएको छ।

त्यस्तै, बिडिएसतर्फ २० लाख ९२ हजार २ सय ९० रुपैयाँ शुल्क निर्धारण भएको छ भने बिएस्सी नर्सिङतर्फ १० लाख ३६ हजार रुपैयाँ शुल्क तोकिएको छ। डिएम-एमसीएचको शुल्क २५ लाख ९० हजार निर्धारण गरिएको छ भने एमडी-एमएसको २३ लाख ८१ हजार ७ सय ६० रुपैयाँ निर्धारण गरिएको छ।

यस्तो छ ५६ विषयको शुल्क


Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 09, 2022| 10:01 बिहीबार, जेठ २६, २०७९
प्रतिक्रिया दिनुहोस्