मंगलबार, चैत ३, २०८२

लिङ्कन विश्वविद्यालयको आयोजनामा शिक्षण सिकाइ कार्यशाला

लिङ्कन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजका कार्यकारी सम्मिलित शिक्षण सिकाइ कार्यशाला मलेशियामा सम्पन्न भएको छ।
 |  बुधबार, जेठ २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २५, २०७९

काठमाडौं– लिङ्कन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजका कार्यकारी सम्मिलित शिक्षण सिकाइ कार्यशाला मलेशियामा सम्पन्न भएको छ। लिङ्कन विश्वविद्यालयले आयोजना गरेको शिक्षण सिकाइ कार्यशालामा सहभागी हुन नेपालका सम्बन्धन प्राप्त ११ कलेजका कार्यकारीहरु सहभागिता जनाएका छन्।

National life

नेपालमा सञ्चालन भएका ११ कलेजका १६ जना कार्यकारीहरु उक्त सम्मेलनमा सहभागी भएका हुन्। कार्यक्रम ३१ मे देखि १ जुन २०२२ सम्म संचालन भएको थियो।

कार्यक्रमको अन्त्यमा विश्वविद्यालयका अध्यक्ष द्वारा उक्त कार्यशालाका बिषयवस्तुमा नेपालमा पनि नयाँ खालका कार्यशाला सञ्चालनको प्रतिबद्धता व्यक्त गरेका थिए। लिङ्कन युनिभर्सिटी कलेज सन् २००२ मा सञ्चालन भई सन् २०११ मा विश्वविद्यालयमा अपग्रेड भएको थियो। विश्वविद्यालय मलेसियन क्वालिफिकेशन एजेन्सी  र मिनिस्ट्री अफ हायर एजुकेशन बाट सर्वोत्कृष्ठ प्राइभेट विश्वविद्यालयको दर्जा प्रदान गरिएको छ। 

लिङ्कन विश्वविद्यालय सम्बन्धन र नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको अनुमति तथा त्रिभुवन विश्विद्यालयको समकक्षता प्रदान भई नेपालमा ११ वटा कलेजहरु सञ्चालनमा छन् ।


Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 08, 2022| 16:49 बुधबार, जेठ २५, २०७९
प्रतिक्रिया दिनुहोस्