मंगलबार, चैत ३, २०८२

एचसीआरसी अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने

नेपालगञ्जको चारबहिनीस्थित एचसीआरसी अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरुवात भएको छ।
 |  बुधबार, जेठ २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २५, २०७९

काठमाडौं– नेपालगञ्जको चारबहिनीस्थित एचसीआरसी अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरुवात भएको छ।

National life

एचसीआरसी अस्पतालमा भुक्तानी सेवा प्रदायक इसेवा र कोजेन्ट हेल्थको सहकार्यमा सुरु भएको ई–अपोइन्टमेन्ट प्लेटफर्ममा आबद्ध भएसँगै अनलाइन अपोइन्टमेन्ट सेवाको सुरुवात भएको हो।

यससँगै अबदेखि स्टारमा उपचार गर्न तथा डाक्टरसँगको परामर्शका लागि इसेवा मोबाइल एप्लिकेसनमार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने जनाइएको छ।

इसेवा मोबाइल वालेट एपभित्रबाटै डाक्टरको अपोइन्टमेन्ट मिति बुक गर्न र डिजिटल रूपमा तत्काल भुक्तानी गर्न सकिने छ। कोजेन्ट हेल्थ र इसेवाले अस्पतालहरूमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरू गरेसँगै यस प्लेटफर्ममा आबद्ध हुने अस्पतालको संख्या बढ्दो छ।

प्रकाशित: Jun 08, 2022| 15:53 बुधबार, जेठ २५, २०७९
प्रतिक्रिया दिनुहोस्