शुक्रबार, वैशाख २१, २०८१
  • गृहपृष्ठ
  • कला/साहित्य
  • बलिउड डेब्यु फिल्म 'एनिमल'को स्क्रिप्ट पढ्दै विपिन, अहिलेसम्मकै नयाँ भूमिकाको पर्खाइ

बलिउड डेब्यु फिल्म 'एनिमल'को स्क्रिप्ट पढ्दै विपिन, अहिलेसम्मकै नयाँ भूमिकाको पर्खाइ

आफ्नो अभिनयको जादूले नेपाली दर्शकको मन जित्दै आएका विपिन विश्वका दर्शकको मन जित्ने अवसरमा छन्। किनकी उनी ‘एनिमल’ मार्फत बलिउडमा डेब्यु गर्दैछन्।
 |  मंगलबार, जेठ २४, २०७९

राज सरगम

राज सरगम

मंगलबार, जेठ २४, २०७९

काठमाडौं– अभिनेता विपिन कार्की यतिखेर बलिउड फिल्म ‘एनिमल’को स्क्रिप्ट पढिरहेका छन्। स्क्रिप्टमा आफ्नो भूमिका पढ्दा बेग्लै ‘इनर्जी’ पाएको उनी सुनाउँछन्, ‘अघिल्ला काममा यस्तो इनर्जी मैले महसुस गरेको थिइनँ। सायद साह्रै उत्साहित भएर पनि होला।’ 

triton college

आफ्नो अभिनयको जादूले नेपाली दर्शकको मन जित्दै आएका विपिन विश्वका दर्शकको मन जित्ने अवसरमा छन्। किनकी उनी ‘एनिमल’ मार्फत बलिउडमा डेब्यु गर्दैछन्। उनी भन्छन्, ‘काम गर्दै जाँदा यस्ता अवसर पनि पाइँदोरहेछ। यो कामबाट म आफूलाई चिनाउन पाउँदैछु।’

हालै हप्ता दिनको सेड्युल बाँकी रहेको ‘के घर के डेरा’मा व्यस्त छन् विपिन। सोही फिल्मको छायांकन सकिएपछि विपिन एनिमलको लागि जुलाईमा भारत निस्किने छन्। उनी भन्छन्, ‘बाल्यकालमा जसका फिल्म हेरेर हुर्किएँ तिनै कलाकारसँग स्क्रिन सेयर गर्न लाग्दैछु, आफूलाई लक्की ठानेको छु।’

एकै समुदाय र एकै दर्शकमाझ काम गर्दै आएका विपिन ठूलो मासमा पुग्नु आफैँमा चुनौती मान्छन्। त्यसैले उत्साहित रहेका विपिन आफ्नो भूमिकामाथि गम्भीर रहेको कुरा जोड्छन्, ‘यो काम निकै चुनौतीपूर्ण छ। उहाँहरूले गरेको विश्वास मेरा लागि काम गर्ने ऊर्जा हो।’

विपिनले आफूले गरेको कामको केही भिडियो एनिमल निर्माण टिमलाई पठाइसकेका छन्। आफूले गर्ने भूमिका देखेर निकै कौतहूल पनि छन्। उनी भन्छन्, ‘मेरो काम मन पराइदिनु भएको छ एनिमल निर्माण टिमले। त्यसैले आफूलाई तयारी गर्दैछु।’ 

corrent noodles
Metro Mart

एनिमलमा विपिनले बलिउडका सदावहार अभिनेता अनिल कपूर, रणविर कपूर, बबी देओल जस्ता दिग्गज कलाकारसँग स्क्रिन सेयर गर्दैछन्। र पनि सबैभन्दा बढी स्क्रिन सेयर अनिल कपूरसँग रहेको बताउँछन् विपिन। यसमा दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दनाको पनि मुख्य भूमिका रहेको छ।

आफ्नो अभिनयको जादूले नेपाली दर्शकको मन जित्दै आएका विपिन विश्वका दर्शकको मन जित्ने अवसरमा छन्। किनकी उनी ‘एनिमल’ मार्फत बलिउडमा डेब्यु गर्दैछन्।

फिल्म एनिमलको मुख्य पात्रबीच असमझदारी चर्कंदै गएपछि मानिसभित्र जनावरको स्वाभाव कसरी विकसित हुन्छ भन्ने कथा हो एनिमल। यो फिल्मलाई सन्दीप रेड्डी ‘वान्गा’ ले निर्देशन गर्दैछन्। रेड्डीले दक्षिण भारतमा बनेको ‘अर्जनु रेड्डी’ र त्यसैको बलिउड भर्सन ‘कवीर सिंह’ निर्देशन गरेका थिए। कवीर सिंह नेपालमा समेत अत्यधिक रुचाइएको थियो। 

हाल एनिमलको दोस्रो चरणको छायांकन भइरहेको र तेस्रो चरणको छायांकनमा आफ्नो सहभागिता हुने बताए विपिनले। युवा पुस्ताको मनोविज्ञानमाथि फिल्म बनाउने रेड्डीले विपिनलाई यस्तै मनोविज्ञानमाथि ‘प्ले’ गराउँदै छन्। निरन्तर निर्देशक सन्दीपसँग सम्पर्कमा रहेका विपिनको भूमिका के हो त? विपिन आफ्नो भूमिकामा सधैं विविधता ल्याउँछन्। एकनासका भूमिका भन्दा पनि फरकफरक भूमिकामा आफ्नो चरित्र निभाउन खुशी हुन्छन्। यस्तै फरक भूमिका निर्वाह गर्दैछन् एनिमलमा। भन्छन्, ‘मेरो भूमिका भिलेनको हो। अथवा एन्टागोनिस्ट हो।’

सन् १८७० को एक चर्चित भारतीय पहलमानको भाइको भूमिकामा देखिँदैछन् विपिन, जसको चरित्र एकै खालको हुँदैन। ‘मेरो हाउभाउ छिनछिनमा बदलिरहन्छ। यस्तो भूमिका नेपाली सिनेमामा त्यति गरेको छैन’, कुराकानीमा क्रममा उनले भने। 

१३ वर्ष अगाडि चलचित्र ‘छड्के’मा ‘बिन्दु’को भूमिका गरेका थिए अभिनेता विपिन कार्कीले। बिन्दु एक खलपात्र थियो। जुन भूमिकाले विपिनलाई यो क्षेत्रमा स्थापित नै गरायो। छड्केलाई आफ्नो करियरको डेब्यु फिल्म मान्छन् विपिन। 

दर्जन फिल्म खेलेपछि विपिनले ‘पशुपति प्रसाद’ मा ‘भष्मे डन’को भूमिका निर्वाह गरे। यो भूमिका पनि खलपात्रकै हो र पनि दर्शकमाझ निक्कै लोकप्रिय भयो भष्मे डन। यो फिल्म विपिनको करिअरको अर्को टर्निङ पोइट थियो। आफ्नो भूमिकामा ‘जान’ ल्याउन कुनै कसर नछोड्न विपिन भर्सटाइल एक्टर हुन् भन्दा फरक नपर्ला। लुटदेखि विपिनले छड्के, जात्रा, ताण्डव, कालोपोथी, हरि, प्रसाद, गोपी, सेल्फी किङजस्ता फिल्ममा आफ्नो अभिनयको जादू देखाइसकेका छन्। 

नेपाली चलचित्रमा ‘हिरोगिरी’ भूमिकामा भन्दा पनि ‘भिलेन’ भूमिकामा उनी रुचाइएका थिए। यस्तै चमत्कार फिल्म एनिमलमा निभाएको भूमिकाले नगर्ला भन्न सकिँदैन।  

प्रकाशित: Jun 07, 2022| 16:37 मंगलबार, जेठ २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।