सोमबार, मंसिर २२, २०८२

व्यापार घाटा सन्तुलन गर्ने 'स्वैर कल्पना'मा सरकार

पाँच वर्षमा व्यापार सन्तुलन गर्ने सरकारको लक्ष्य कुनै पनि हालतमा पूरा नहुने त्यस्तै एसियाली विकास बैंक (एडीबी)का आर्थिक सल्लाहकार समिर खतिवडाको दाबी छ। उनले भने, 'सरकारले पाँच वर्षमा व्यापारघाटा सन्तुलनमा राख्‍ने लक्ष्य भने महत्वकांक्षी देखिएको छ। यो लक्ष्य प्राप्तिको कुनै आधार देखिँदैन।'
 |  आइतबार, जेठ २२, २०७९

शर्मिला ठकुरी

शर्मिला ठकुरी

आइतबार, जेठ २२, २०७९

काठमाडौं- सरकारले आगामी आर्थिक वर्षको बजेटको बुँदा नम्बर १८ को ‘ख’ मा आगामी वर्ष निर्यात दोब्बर गर्ने, आयात न्युनतम २० प्रतिशतले घटाउने र आगामी पाँच वर्षभित्रमा व्यापार सन्तुलन कायम गर्ने कार्यक्रम राखेको छ। सो उद्देश्य प्राप्त गर्न भने प्रायः असम्भव रहेको अर्थविद्हरुले बताउँदै आइरहेका छन्। 

National life

चालु आर्थिक वर्षको १० महिना (वैशाख) सम्मा नेपालमा १४ खर्ब ३१ अर्ब बराबरको व्यापारघाटा छ। भन्सार विभागका अनुसार सोही अवधिमा निर्यात १ खर्ब ७३ अर्ब रहेको छ भने आयात १६ खर्ब ४ अर्ब रुपैयाँ बराबरको भएको छ। अर्थात् निर्यातको तुलनामा आयात झन्डै १० गुणा बढी हो। 

नेपालबाट निर्यात हुने सामग्रीमा सबैभन्दा बढी हिस्सा पाम र सोयाबिन तेलको रहेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार नेपालबाट कुल निर्यातको करिब ५३ प्रतिशत पाम र सोयाबिन तेलको रहेको छ। जुन 'कस्मेटिक्स' निर्यात हो। यी तेलहरु नेपालमा इन्डोनेसिया, भारत, मलेसियालगायतका देशहरुबाट कच्चा तेलको रुपमा नेपाल भित्रिने गरेका छन्। नेपालबाट ती वस्तु रिफाइन भएर निर्यात हुने गरेको छ। 

नेपालको व्यापारघाटा पाँच वर्षमा ब्यालेन्स गर्छु भन्‍नु  केवल कल्पना मात्र रहेको पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको तर्क छ। 'नेपालबाट वास्तविक निर्यात करिब ८२ अर्ब रुपैयाँ बराबरको मात्र हो। यसरी हेर्दा नेपालको 'रियल निर्यात'भन्दा आयात १९.५६ गुणा धेरै छ। यति धेरै फरक रहेको आयात र निर्यात पाँच वर्षमा सम्भव छ?,' पूर्व अर्थमन्त्री पाण्डेले प्रतिप्रश्‍न गरे।

उनका अनुसार आयातलाई प्रत्येक वर्ष २० प्रतिशतले कम गर्ने नीति पनि प्राय: असम्भव छ। सरकारले आगामी आर्थिक वर्षको १२ खर्बभन्दा बढी राजस्व उठाउने लक्ष्य राखेको छ। जुन लक्ष्य पूरा गर्नका लागि २० खर्बभन्दा बढीको आयात गर्नुपर्छ। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 05, 2022| 20:05 आइतबार, जेठ २२, २०७९
प्रतिक्रिया दिनुहोस्