शनिबार, वैशाख २२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • रोहिणी खोला बस दुर्घटना अपडेट : मृतक ६ जना र घाइते सबैको सनाखत

रोहिणी खोला बस दुर्घटना अपडेट : मृतक ६ जना र घाइते सबैको सनाखत

भैरहवा-परासी हुलाकी सडकखण्डअन्तर्गत रोहिणीमा भएको यात्रुबाहक बस दुर्घटनामा परी मृत्यु भएकामध्ये ६ जनाको मात्रै सनाखत भएको छ।
 |  आइतबार, जेठ २२, २०७९

विनोद परियार

विनोद परियार

आइतबार, जेठ २२, २०७९

बुटवल-  भैरहवा-परासी हुलाकी सडकखण्डअन्तर्गत रोहिणीमा भएको यात्रुबाहक बस दुर्घटनामा परी मृत्यु भएकामध्ये ६ जनाको मात्रै सनाखत भएको छ। ३४ जना सवार लु२ख ३८४१ नम्बरको बस दुर्घटनामा २४ जना घाइते भएका छन्। 

triton college

आइतबार बिहान बस रोहिणी पुलबाट नदीमा खसेको थियो। दुर्घटनामा परी घाइते भएकाहरूको भैरहवास्थित भीम अस्पताल र युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेलले जानकारी दिए।

मृत्यु भएकामध्य ६ जनाको सनाखत भएको छ। यस्तै घाइते भएका सबैको सनाखत भएको छ।

मृतकको नामावली

१. जिल्ला रुपन्देही ओमसतिया गाउँपालिका-४ बस्ने ६५ वर्षीय राजेन्द्र पाण्डे।

corrent noodles
Metro Mart

२. जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका-८ बस्ने ३७ वर्षीया तुल्सी बस्याल।

३. रुपन्देही तिलोत्तमा नगरपालिका-२ योगिकुटी बस्ने ५६ वर्षीय बिष्णु पौडेल।

४. रौतहट चन्द्रनिगाहपुर बस्ने २० वर्षीय दिनेश दास।

५. रुपन्देही बुटवल उपमहानगरपालिका-११, कालिकानगर बस्ने ४८ वर्षीय कृष्णप्रसाद बस्याल। 

६. भारत जनकपुरग्राम बस्ने ४० वर्षीय अरबिन्द्र शर्मा।

७. पहिचान खुल्न नसकेका अन्दाजी ३०–३५ वर्षीय पुरुष ।

८. पहिचान खुल्न नसकेका अन्दाजी ४०–४५ वर्षीय पुरुष ।

९ पहिचान खुल्न नसकेका अन्दाजी ३० वर्षीय पुरुष।

घाइतेहरू

१. धनुषा हंसपुर नगरपालिका-३ बस्ने १८ वर्षीय मुफिद मन्सुरी।

२. बारा जितपुर सिमरा उपमहानगरपालिका-१३ बस्ने १८ वर्षीय रोहन चौधरी।

३. बारा सिमरा नगरपालिका-१३ बस्ने १८ वर्षीय सतेन्द्र चौधरी।

४. बारा सिमरा नगरपालिका-१३ बस्ने १५ वर्षीय बरुण चौधरी।

५. सिराहाको सिराहा नगरपालिका-९ बस्ने ३१ वर्षीय राकेश कुमार दास।

६. कपिलबस्तु बाणगंगा नगरपालिका-५ बस्ने २९ वर्षीय तुलसीराम चौधरी। (सहचालक)

७. धनुषाको जनकपुर उपमहानगरपालिका-२२ बस्ने ३९ वर्षीय विनोद मुखिया।

८. रुपन्देही लुम्बिनी सांस्कृतिक नगरपालिका-११ का २८ वर्षीय रियाज जुल्लाह मुसलमान।

९. रुपन्देही लुम्बिनी सांस्कृतिक नगरपालिका-६ बस्ने १६ वर्षीय सहेजाद मुसलमान।

१०. रुपन्देही तिलोत्तमा नगरपालिका-३ शंकरनगर बस्ने ३६ वर्षीय सुमन क्षेत्री। (बस चालक)

११. रुपन्देही लुम्विनी सांस्कृतिक नगरपालिका-३ बस्ने २० वर्षीय राजेश यादव।

१२. रौतहट बस्ने २२ वर्षीय वकिल दास हात।

१३. भारत जनकपुरग्राम बस्ने २८ वर्षीय गौरव सिंह।

१४. झापा बस्ने ६० वर्षीय जयाप्रसाद चापागाईं।

१५. झापा बस्ने ५६ वर्षीया तुलसा चापागाईं।

१६. भारत बस्ने ३२ वर्षीया सीता शर्मा

१७. भारत बस्ने ५ वर्षकी सन्दिपा शर्मा।

१८. भारत बस्ने ४ वर्षीय यश शर्मा।

१९. जनकपुर बस्ने ३५ वर्षकी अञ्जली कामी।

२०. रुपन्देही तिलोत्तमा नगरपालिका-३ बस्ने २२ वर्षीय विपिन बस्याल।

२१. सिराहा सिराहा नगरपालिका-९ बस्ने ३१ वर्षीय राकेशकुमार दास।

२२. रौतहट श्रीनगर बस्ने २२ वर्षीय रामजनम दास।

२३. धनुषा जनकपुर बस्ने २२ वर्षीया रिंकी यादव।

२४. महोत्तरी बस्ने २९ वर्षीय साबिर अन्सारी।

प्रकाशित: Jun 05, 2022| 13:17 आइतबार, जेठ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।