मंगलबार, पुस १, २०८२

मुस्ताङका स्थानीय तहले करिब ९४ करोड अनुदान पाए

मुस्ताङ जिल्लाका स्थानीय तहहरूले सङ्घीय सरकारबाट आगामी आर्थिक वर्ष २०७९/८० का लागि ९४ करोड अनुदान पाएका छन्।
 |  आइतबार, जेठ २२, २०७९

रासस

रासस

आइतबार, जेठ २२, २०७९

म्याग्दी- मुस्ताङ जिल्लाका स्थानीय तहहरूले सङ्घीय सरकारबाट आगामी आर्थिक वर्ष २०७९/८० का लागि ९४ करोड अनुदान पाएका छन्। 

National life

सरकारले गत हप्ता सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट वक्तव्यअनुसार मुस्ताङका पाँच गाउँपालिकाले ९३ करोड ७७ लाख अनुदान पाएका हुन्। चालु शीर्षकमा ७९ करोड तीन लाख र पूँजीगततर्फ १४ करोड ७४ लाख बजेट विनियोजन भएको हो। 

घरपझोङ गाउँपालिकाले २१ करोड ५३ लाख, थासाङ गाउँपालिकाले २१ करोड ६९ लाख र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले १७ करोड १४ लाख बजेट पाएका छन्। 

यसैगरी लोघेकर–दामोदरकुण्ड गाउँपालिकाले १६ करोड ९३ लाख र लोमान्थाङ गाउँपालिकाले १६ करोड ४८ लाख अनुदान पाएका हुन्। 

सबैभन्दा बढी थासाङ र कम लोमान्थाङ गाउँपालिकाले अनुदान पाएका हुन्। स्थानीय तहहरूले सङ्घीय र प्रदेश सरकारले उपलब्ध गराउने अनुदान, आन्तरिक आम्दानी र चालु आर्थिक वर्षमा खर्च हुन नसकेको रकमलाई समेटेर आगामी आवको बजेट बनाउने गर्छन्। मुस्ताङका स्थानीय तहले आगामी आवका लागि टोल र वडास्थलमा योजना छनोट प्रक्रिया थालेका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 05, 2022| 10:41 आइतबार, जेठ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।