बिहीबार, असार ३२, २०८३

सनराइजका दुई शाखा स्थानान्तरण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-सनराइज बैंक लिमिटेडले लम्जुड्डका दुई शाखाको स्थानान्तरण गरेकोछ  । वेसिशहर नगरपालिकाको झ्याड्ड खोला स्थित वेसिशहर शाखा (साविकको स्थानबाट करिव १५० मि. को दुरी) तथा लम्जुड्ड कै सुन्दरबजार नगरपालिका तल्लोबजार स्थित सुन्दरबजार शाखा (साविकको स्थानबाट करिव २० मि. को दुरी) मा शाखा कार्यालय स्थानान्तरण गरेको छ । 

आईतबार एक कार्यक्रमबीच लमजुङ्ग उद्योग वाणिञ्ज संघका प्रथम उपाध्यक्ष श्री रामबाबु श्रेष्ठ, सुन्दरबजार सामुदायिक अस्पतालका अध्यक्ष विष्णु प्रसाद श्रेष्ठ र बैंकका सहायक महाप्रबन्धक सर्वेन्द्र मिश्रले संयुक्त रुपमा सुन्दरबजार शाखाको उद्घाटन गरे ।

साथै वेसिशहर शाखाको उद्घाटन वेसिशहर नगरपालिकाका मेयर गोमान सिंह आर्यालले बैंकका  सहायक महाप्रबन्धक सर्वेन्द्र मिश्रको उपस्थिति थियो । बैंकले छिटो, सुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा ग्राहकहरू समक्ष पुर्‍याउने उद्देश्यले पायक पर्ने ठाँउमा उक्त शाखा स्थानान्तरण गरेको हो । 

हाल सनराइज बैंकले मुलुकभर आफ्नो ९१ वटा शाखा, १०६ वटा एटिएम, २३ वटा शाखारहित बैंकिङ्ख सेवा र ४ वटा एक्सटेन्सन काउण्टर मार्फत आफ्ना ४ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सनराइज क्यापिटल लि. रहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्