शुक्रबार, मंसिर १४, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

रुस-युक्रेन युद्धको १०० दिन : कहिले के-के भयो? (टाइमलाइन)

रुसमाथि अमेरिकासहितका पश्‍चिमा मुलुकहरुले लगाइरहेको प्रतिबन्धका बीच रुसले साइबर आक्रमण, जासुसी र गलत सूचना फैलाउने कामलाई त्यति नै तीव्ररुपमा अघि बढाएको युक्रेनी प्रशासनले दाबी गरिरहेको छ। युक्रेनबाट निर्यात हुने खाद्यान्‍नमा लगाइएको रुसी प्रतिबन्धले केही गरिब मुलुकहरुमा खाद्य संकट हुनसक्ने जोखिम पनि बढिरहेकै छ।
 |  शनिबार, जेठ २१, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २१, २०७९

काठमाडौं- सय दिनअघि आजकै सूर्योदय नहुँदै रुसी सेनाले युक्रेनमाथि आक्रमण सुरु गर्‍यो। युरोपको सानो मुलुक युक्रेनमाथि विश्‍वकै शक्तिशाली रुसले सय दिनदेखि हमला भइरहेको छ। विभिन्‍न आँकलन, अनुमान, परीक्षणका बीच आक्रमण जारी रह्‍यो हजारौंको मृत्यु भयो, हजारौं घाइते छन् भने लाखौं विस्थापित भएका छन्। युद्धका क्रममा भएको क्षतिको कुनै गणना नै छैन। 

himalayan bank box

युक्रनलाई कब्जा गर्न आक्रमण जारि राखेको रुस र रुसलाई जित्‍न नदिने अवस्थामा रक्षात्मक भएको युक्रेनी सेनाहरु करिब ६०० माइलको दूरीमा रहेका छन्।

कतिपयले पूर्वी युक्रेनमा बढ्दो असहज संघर्ष, युक्रेनको नाजुक अवस्था, बाइडेन प्रशासनले उपलब्ध गराउने सैन्य उपकरणलगायतका विषयमा फेरि अनेकन टिप्पणीहरु हुन थालेका छन्। जसमध्येकै एक हो-  अब सम्भवत: सय दिनपछिको बिहानीमा जुन मुलुकले हार स्वीकार पहिलो गर्छ, त्यो नै विजयी हुने अनुमानहरु हुन थालेका छन्।

रुसमाथि अमेरिकासहितका पश्‍चिमा मुलुकहरुले लगाइरहेको प्रतिबन्धका बीच रुसले साइबर आक्रमण, जासुसी र गलत सूचना फैलाउने कामलाई त्यति नै तीव्ररुपमा अघि बढाएको युक्रेनी प्रशासनले दाबी गरिरहेको छ। युक्रेनबाट निर्यात हुने खाद्यान्‍नमा लगाइएको रुसी प्रतिबन्धले केही गरिब मुलुकहरुमा खाद्य संकट हुनसक्ने जोखिम पनि बढिरहेकै छ। 

रुसले लोकतान्त्रिक पद्दतीबाट निर्वाचित राष्ट्रपति भोलोदिमियर जेलेन्सकीलाई सत्ताच्युत गर्दै युक्रनेमाथि कब्जा गर्ने उद्देश्यले आक्रमण थालेको १०० दिनसम्म पनि उक्त उद्देश्‍य प्राप्त गर्न सकेको छैन। १९-२३ फेब्रुअरीसम्म अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासले रुसले युक्रेनमाथि आक्रमण गर्छ भन्दै आएको कुरालाई अस्वीकार गरेको रुसले एक छैटौं दिन अर्थात २४ फेब्रुअरीको बिहानी मिसाइल प्रहार गरेको थियो। 

Metro Mart
vianet

खार्किभमा रुसी सेनाले ध्वस्त बनाएको ट्यांक। तस्बिर : अलजजिरा।

२४ फेब्रुअरी- आक्रमण सुरु

२४ फेब्रुअरीको बिहानी रुसी सेनाले ठूलो संख्यामा युक्रेनमा आक्रमण सुरु गर्‍यो। रुसले एकैपटक युक्रेनमा तीन सहरहरु किभ, खार्किभ र खेरसनमा जमिन र समुद्रबाट १०० वटा मिसाइल प्रहार गर्‍यो। रुसी सेनाले किभमा उत्तरमा रहेको बेलारुसबाट, खार्किभमा पश्‍चिमा रहेको रुसी क्षेत्रबाट र खेरसनमा दक्षिणमा रहेको क्रिमियाबाट रुसले आक्रमण सुरु गरेको थियो। अन्तत: अमेरिकी प्रशासनले भन्दै आएको रुसले युक्रेनमााथि आक्रमण गरिछाड्यो। 

२५-२५ फेब्रुअरी - युक्रेनको सशक्त प्रतिरोध 

आक्रमण सुरु भएसँगै रुसी सेनाले सशक्त प्रतिरोधको सामना गर्नुपर्‍यो। रुसी सेनाले आफूले अपेक्षा गरेअनुसारको सहज नभएको आभास युक्रनीहरुले दिलाए। अमेरिकाले उनीहरुले योजना गरेभन्दा जबरजस्त आक्रमण हुनसक्ने आँकलन गरेको थियो। रुसले आक्रमण सुरु गरेपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले अन्तर्राष्ट्रिय समुदायलाई सहयोगको अपिल गर्न थाले। 

उनलाई अमेरिकाले देश छोडेर भाग्‍न सल्लाह पनि नदिएको होइन। तर, उनले आफूलाई सुरक्षित गर्नेभन्दा पनि मुलुकको सुरक्षा प्रधान भएको भन्दै आफूलाई भगाउने होइन, बढी हतियार उपलब्ध गराउन माग गरे।

मारियुपोलमा युक्रेनी ७९ वर्षीया भालेन्टिना कोन्सटान्‍नोभ्स्काले रुसी आक्रमणको प्रतिरोधको अभ्यास गर्दै। तस्बिर : अलजजिरा।

२८ फेब्रुअरी- २४ मार्च- रुसी सेना उत्तरमै रोकियो 

एक साताको लगातार यद्धपछि रुसी सेनाले गर्दै आएको कब्जा रोकियो। रुसी सेनाले किभको १५ किलोमिटरको घेरामा चाँडै प्रवेश गर्ने अपेक्षा गरेको भए पनि युक्रेनी प्रतिरोधका कारण रोकिन बाध्य भएको पेन्टानगनको मूल्यांकन छ। रुसी सेनाले त्यसपछि क्रिमियाको बाटो हुँदै शस्त्र-अस्त्रको थप गर्‍यो। क्रिमियामा सन् २०१४ देखि नै रुसी सेना बस्‍न थालेको थियो। रुसले मार्चमा नै युक्रनेको बेर्डयान्सकमा कब्जा जमायो र मारियुपोलला लक्षित गर्‍यो। 

२५-३१ मार्च- रुसी स्थानान्तरण 

२५ मा रूसी रक्षा मन्त्रालयले पूर्वी युक्रेनको डोनबास क्षेत्रलाई 'पूर्ण रूपमा स्वतन्त्र' घोषणा गर्‍यो। रूसी बटालियनको रणनीतिक समूहहरु कीभ, चेर्निहाइभ र सुमीबाट बाहिर निस्कन थाले र डोनबासमा लडाइँका लागि थप बल ल्याउन रुस फर्किन थाले। 

१-८ अप्रिल

रुसी सेना किभबाट पछि हट्दै गरेको अवस्थामा अर्को 'नरसंहार' भएको प्रमाणहरु बाहिरिन थाले। युक्रेनको बुचामा दर्जनौं सर्वसाधारणहरुको सामूहिक चिहानहरु फेला पर्न थाले। केही शवहरु यस्ता थिए कि उनीहरुको हातहरु पछाडि बाँधेको र टाउको गोली हानिएका थिए। सडकहरुमा नै शवहरु देखिएको पनि युक्रेनी अधिकारीहरुले बताएका छन्। 

उक्त बुचा नरसंहारसँगै विश्‍व समुदायले रुसको आलोचना गर्न थाल्‍यो भने अमेरिकी राष्ट्रपति बाइडेनले रुसी राष्ट्रपति भलादिमिर पुटिनलाई 'युद्ध अपराधी' को संज्ञा दिए। 

९-१२ अप्रिल - रुसी सैन्य दस्ताको कमाण्डर नियुक्त

युक्रेनमाथिको आक्रमणको सात हप्तापछि पनि रुसले आफ्नो उद्देश्य पूरा गर्न सकेपछि रुसी सेनाको कमाण्डरको रुपमा जनरल एलेक्जेन्डर डोभ्रनिकोभलाई तोकेका छन्। उनको नियुक्ति अघिदेखि भने युक्रेनमाथि आक्रमण गरिरहेको रुसी सेनाका लागि कमाण्डर नियुक्त गरिएको थिएन। डोभ्रनिकोभलाई 'बुच्चर अफ सिरिया' को संज्ञा दिइएको थियो। 

सिरियामा गरेको रुसी सैन्य कमाण्डर भएर गरेको सर्वसाधारणको हत्याका योजनाकार डोभ्रनिकोभले युक्रेनमाथि कस्तो रणनीतिबाट अघि बढ्छन् भन्‍ने आँकलन गर्न गाह्रो छ। अमेरिकी रक्षा मन्त्रालयका जासुसी एजेन्सीका प्रमुख लेफ्टेनिन्ट जनरल स्कट बेरियरले ९-१० मेमा रुसी जनरल युक्रेनमा मारिने अनुमान गरेका थिए। 

१३ अप्रिल - भारी सुरक्षा सहायता 

रुसले डोनबास आक्रमणलाई प्राथमिकतामा राखेसँगै अमेरिका तथा अन्य मुलुकहरुले पनि युक्रेनलाई थप सुरक्षा सहायता गर्न थाले। १३ अप्रिलमा नै बाइडेन प्रशासनले युक्रेनमा एम७७७ हाउिज्‌र पठाउने प्रतिबद्धता जनायो। यो अमेरिकाले प्रतिबद्धता गरेको पछिल्लो सबैभन्दा ठूलो हतियार थियो। अमेरिकाले युक्रेनलाई थप सैन्य तालिम र उपकरण सहयोग गर्ने क्रमलाई बढाउन थाल्‍यो।

दक्षिणी युक्रेनमा एक विस्फोट हुन नसकेको मिसाइल जमिनमा गाँडिएको। तस्बिर : अलजजिरा ।

१४ अप्रिल - मोस्क्भा

अप्रिल १४ मा रुसको ब्ल्याक सी फ्लिटको फ्ल्यागशिप मोस्कभामा डुब्यो। युक्रेनीहरूले अघिल्लो दिन दुईवटा नेप्च्युन एन्टी-शिप मिसाइलहरू प्रहार गरेका थिए। जहाजबाट सुरुमा ठूलो आगोजस्तो देखियो भने अन्ततः ब्ल्याक सीमा डुब्यो। फेब्रुअरीमा स्‍नेक आइल्याण्डमा पुग्दा युक्रेनीहरूलाई आत्मसमर्पण गर्न माग गरेपछि उक्त जहाज डुबेको हो। 

१-१६ मे

युक्रेनीहरूले मेको सुरुमा खार्किभमा काउन्टर-अफेन्सिभ सुरु गरे र रूसीहरूलाई विस्तारै सीमातर्फ सफलतापूर्वक धकेले। युक्रेनीहरूले खेरोसनको वरपरको दक्षिण र देशका अन्य भागहरूमा पनि काउन्टर आक्रमणको प्रयास गरे।  यस अवधिमा रुसीहरूले एक दिन बस्ती र गाउँलाई नियन्त्रणमा लिएपनि युक्रेनको सशक्त प्रतिरोधपछि रुसी नियन्त्रण गुम्‍न पुग्‍यो।

१६ मेपछि-आजसम्म 

मेको मध्यदेखि, रुसीहरूले डोनबासमा आफ्नो ध्यान केन्द्रित गरेका छन् र यस क्षेत्रका सहर र गाउँहरू विस्तारै कब्जा गर्न साना इकाइहरू प्रयोग गर्न थालेका छन्।

एक वरिष्ठ रक्षा अधिकारीले रुसी सेनाको घाटा नगण्य नभएको र रुसले झण्डै हजार ट्यांक, ३५० तोपखाना र झण्डै तीन दर्जन लडाकु विमान गुमाएको बताए। यी हानीहरूको बावजुद रूसी सेनाको प्रतिरोध गर्ने युक्रेनले पनि हतियार र सैन्य उपस्थित बढाउँदै लगेको छ। 

युक्रेनी पक्षमा, जेलेन्स्कीले यस हप्ता न्यूजम्याक्सलाईदिएको  एक अन्तर्वार्तामा पूर्वी युक्रेनमा सेनाले एक दिनमा १०० भन्दा बढी सैनिकहरू गुमाउँदै छन् र यस अवस्थाले थप गाह्रो भएको बताएका थिए। 

युक्रेनीहरूलाई मद्दत गर्ने प्रयासमा, अमेरिका र अन्य पश्‍चसमा मुलुकहरूले उनीहरूको सहयोगलाई बढाइरहेका छन्। जुन १ मा, बाइडेन प्रशासनले युक्रेनलाई ७० किलोमिटरसम्मको हतियारसहित हाई मोबिलिटी आर्टिलरी रकेट सिस्टम (एभआईएमएआरएस) उपलब्ध गराउने घोषणा गर्‍यो। यो अमेरिकाले युक्रेनलाई अहिलेसम्म उपलब्ध गराएको सबैभन्दा महत्त्वपूर्ण उपकरण हो।

पछिल्लो समय रुसी सेनाले लुहान्स्क ओब्लास्टका साथै यस क्षेत्रको अन्तिम बाँकी रहेको महत्वपूर्ण सहर सेभेरोडोनेस्क सहर कब्जा गर्ने प्रयत्‍न गरिरहेका छन्। ।

सेभेरोडोनेत्स्कको पतनले रूसलाई डोनेस्क र लुहान्स्कको ओब्लास्टहरू समावेश गर्ने डोनबासको नियन्त्रण प्राप्त गर्न नजिक पुर्‍याउनेछ। २०१४ मा, यी क्षेत्रहरूमा रूसी-समर्थित पृथकतावादीहरूले युक्रेनबाट अलग हुने प्रयास गरेका थिए भने पुटिनले फेब्रुअरीमा आक्रमण यी क्षेत्रहरूलाई बचाउनको लागि दाबी गरेका थिए। सय दिन पूरा भएको यस युद्धमा रुसले २० प्रतिशत भूभाग कब्जा गरेको छ। आगामी दिनहरुमा कस्तो अवस्था आउँछ भन्‍ने त हेर्न नै बाँकी छ। 

(सीबीएस न्युज, न्युयोर्क टाइम्सद गार्जियनको सहयोगमा तयार पारिएको सामग्री।)

प्रकाशित: Jun 04, 2022| 13:15 शनिबार, जेठ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।