बिहीबार, असार ४, २०८३

फरक क्षमता भएकालाई सामाजिक सुरक्षा भत्ता

पाल्पाको बगनासकाली गाउँपालिकाले फरक क्षमता (अपाङ्गता) भएका सबै व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएको छ।
 |  शनिबार, जेठ २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २१, २०७९

रामपुर- पाल्पाको बगनासकाली गाउँपालिकाले फरक क्षमता (अपाङ्गता) भएका सबै व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएको छ। 

National life

सरकारले यसअघि रातो र नीलो कार्ड भएकालाई मात्रै भत्ता उपलब्ध गराएकामा पालिकाले भने पहेँलो र सेतो कार्ड प्राप्त सबै अपाङ्गता भएका व्यक्तिलाई भत्ता दिने निर्णय गरेको छ। पहेँलो कार्ड भएकालाई मासिक रु ५०० र र सेतो कार्ड भएकालाई मासिक रु ३०० का दरले अपाङ्गता भत्ता उपलब्ध गराउने पालिकाले निर्णय गरेको छ। यस निर्णयप्रति यहाँका स्थानीय खुसी भएका छन्।

महिला स्वास्थ्य स्वयंसेविकालाई मासिक एक हजार रकम प्रोत्साहन दिने निर्णय भएको छ। सो कार्यक्रम आगामी साउन १ गतेबाट लागू हुने गाउँपालिका अध्यक्ष सरस्वती चिदीले बताइन्। हिंसापीडित महिलाका लागि लक्षित गरी परामर्श केन्द्र सञ्चालन गर्ने पालिकाले जनाएको छ। गाउँपालिकाअन्तर्गत रहेका लिफ्टिङ खानेपानी योजनामा ६० प्रतिशत विद्युत् शुल्क पालिकाले बेहोर्ने निर्णयसमेत भएको छ। 

स्वास्थ्य शिविरमा २७२ जनाले सेवा लिए

पाल्पाको निस्दी गाउँपालिकामा सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविर २७२ नागरिकले सेवा लिएका छन्। शिविरमा एक जना कुष्ठरोगी र १० जनामा शङ्कास्पद भेटिएको स्वास्थ्य शाखा संयोजक रेमबहादुर दिशाले बताए। 

Shivam cement

तीन जनामा  भिआईए पोजेटिभ, दुई जनामा  सर्भाइकल पोलिप  र एक जनामा  सर्भाइकल सिस्ट पत्ता लगाएको छ। शिविरबाट चार महिलाको पाठेघर खस्ने समस्या देखिएको छ। दुई जनाले रिङ प्रेसरी, एक जनाले सिस्टोसिल र दुई जनाले इम्प्लान्ट सेवा लिएका छन्। 

स्वास्थ्य कार्यालय पाल्पाको आयोजना तथा निस्दी गाउँपालिकाको समन्वयमा बिहीबार र शुक्रबार शिविर सञ्चालन भएको हो। सदरमुकाम तानसेनदेखि टाढा रहेको यस गाउँपालिकामा स्वास्थ्य सेवा पाउँदा नागरिकलाई ठूलो राहत मिलेको छ। - रासस

प्रकाशित: Jun 04, 2022| 09:10 शनिबार, जेठ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।