आइतबार, साउन २४, २०८३

रुकुम पूर्वमा ट्रयाक्टर दुर्घटना, दुई जनाको मृत्यु

रुकुम पूर्वमा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। जिल्लाको सिस्ने गाउँपालिका–४ स्थित दादीङमा ट्रयाक्टरमा सवार २ जनाको ज्यान गएको प्रहरीले जनाएको छ।
 |  शनिबार, जेठ २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २१, २०७९

काठमाडौं- रुकुम पूर्वमा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। जिल्लाको सिस्ने गाउँपालिका–४ स्थित दादीङमा ट्रयाक्टरमा सवार २ जनाको ज्यान गएको प्रहरीले जनाएको छ। 

वडा नम्बर ४ कै कोम्बोटबाट गिट्टी लोड गरेर दादीङतर्फ आउँदै गरेको रा१त १६१६ नम्बरको ट्रयाक्टरमा सवार २ जनाको शुक्रवार साँझ दादीङ रोडमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिए।

मृत्यु हुनेमा सिस्ने–४ दादीङकै १५ वर्षका आकाश बुढा र सोही ठाउँकै ५० वर्षीया नन्दी बुढा रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक एवं सूचना अधिकारी कृष्ण खत्रीले जानकारी दिए। उनका अनुसार २ जना घाइते भएका छन्।

घाइतेको रुकुम पूर्व अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक खत्रीले बताए। चालकको भने नाम ठेगाना नखुलेको र फरार रहेको प्रहरीले बताएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jun 04, 2022| 06:47 शनिबार, जेठ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।