बिहीबार, असार ३२, २०८३

एफनाइन सार्वजनिक गर्ने ओपोको तयारी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-सेल्फी एक्स्पर्ट, ओपोले लोकप्रिय एफसिरिज अन्तर्गत नयाँ संस्करण ओपो एफनाइन सार्वजनिक गर्ने तयारी गरेको छ । 

कम्पनीका अनुसार पृथक वाटरड्रप स्क्रिन डिजाइन प्रयोग गरिएकोे यो उद्योगकै पहिलो ह्याण्डसेट हुनेछ । फोनको अधिल्लो भागमा रहेको टप नोचमारिसिभर, क्यामेरा र लाइट सेन्सरको प्रयोग गरिएको छ ।

यसले फोनलाई कम्प्याक्ट आकर्षक लेआउट प्रदान गर्नुका साथै ठूलो स्क्रिनको मज्जा लिन सघाउने कम्पनीको भनाइ छ ।

ओपो एफनाइनमा रहेको ९०.८ रेसियो सहितको १९.५ : ९ वाटरड्रप स्क्रिनले फोनको अघिल्लो भागलाई निकै सुन्दर र आकर्षक देखाउँछ । वाटरड्रप डिजाइनको अवधारणालाई थप जीवन्तता प्रदान गर्न फोनमा क्यामेरा र फ्ल्याश लाइट एकै साथ उपलब्ध गरिएको छ । 

यिनलाई झट्ट हेर्दा एक अर्कामा आकर्षित भइरहेका पानीका दूई थोपा झैँ देखिन्छ । नयाँ फोनकै माध्यमबाट ओपोले कम्प्याक्ट स्पेशियल स्ट्रक्चरको सुनिश्चितता प्रदान गर्दै प्राकृतिक आवाज प्रदान गर्न नयाँ च्यानल साउण्ड कन्डक्सन पनि उपलब्ध गराएको छ । 

वाटरड्रप स्क्रिनलाई जीवन्तता प्रदान गर्न फोनको स्क्रिन डिजाइनमा विस्तारित राउण्डेड कर्नरहरुको प्रयोग गरिएका छन् । यसले फोन समाउँदा सहजताको अनुभव प्रदान गर्नुका साथै फोनलाई थप आकर्षक रुप पनि प्रदान गरेको छ । 

स्क्रिनसंग समायोजना गरिएको क्यामेरालाई कम्पनीले फ्रण्ट कोटिङ फिल्म सहितकालो रंगमा पेण्ट गरेको छ । यसले फोनको अघिल्लो भागको ईण्टिग्रिटी झल्काउन समेत उल्लेख्य भुमिका खेलेको छ । 

उद्योगकै अग्रगामी फ्लिपएलईडी प्रविधि, रिसिभर टप स्टेरिङ साउण्ड कन्डक्सन, लाइट सेन्सेसन हर्न सेप्ड लाइट कन्डक्सन, ग्यापएप्रोचिङ डिजाइन लगायत ४६ ओटा प्याटेन्ट सहितओपो एफनाइनको डिजाइन आँखाका लागि आरामदायी र जीवन्त दृष्यानुभूति प्रदान गर्ने सोचका साथ गरिएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्