बिहीबार, असार ४, २०८३

सातासम्म उठेन काठमाडौंको फोहोर

काठमाडौं महानगरमा एक सातादेखि फोहोर उठेको छैन। काठमाडौंका वडाहरूबाट नै फोहोर संकलन हुन नसक्दा घरदेखि सडकसम्म दुर्गन्ध फैलिएको छ।
 |  शुक्रबार, जेठ २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २०, २०७९

काठमाडौं- काठमाडौं महानगरमा एक सातादेखि फोहोर उठेको छैन। काठमाडौंका वडाहरूबाट नै फोहोर संकलन हुन नसक्दा घरदेखि सडकसम्म दुर्गन्ध फैलिएको छ।

National life

महानगरपालिका वातावरण व्यवस्थापन विभागका अनुसार यसअघि संकलन गरिएका ४ हजार मेट्रिक टन फोहोर काठमाडौंमै छ। एक हप्तादेखि अन्य फोहोर संकल्न भएको छैन। फोहोर विर्सजन गर्न ठाँउमा अवरोध भएका कारण फोहोर संकल्न संकल्न गर्न नसकेको  वातावरण व्यवस्थापन विभागकी प्रमुख सरीता राईले बताइन्।

'ल्यान्डफिल्ड साईटमा अवरुद्ध भएपछि फोहोर उठ्न नसकेको हो। साइट पटकपटक बन्द र अवरुद्ध हुने कारण फोहोर विसर्जन गर्न सकेका छैनौँ। फोहोर विसर्जन नसकेपछि संकलन गर्न सकिँदैन,’ राईले थपिन्, 'महानगर प्रमुख र उपप्रमुख सिसडोल पुग्नु भएको छ। तर कहिलेदेखि अवरोध हट्ने हो, हामी निर्देशन कुरेर बसेका छौँ।’ 

सरकारले स्थानीयतका माग पूरा नगरेको र उचित तरिकाले व्यवस्थापन नगरेको भन्दै बञ्चरेडाँडाबासीले फोहोर फाल्न दिएका छैनन्। टेकुस्तित ट्रान्सफर स्टेसनमा संकलन गरिएको फोहोर व्यवस्थापन हुन नसक्दा त्यहा पनि स्थानीयले विरोध गरिरहेका छन्।

महानगरका प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डंगोल शुक्रबार बिहान सिसडोल पुगेका थिए। फोहोर व्यवस्थापनका विषयमा बिहीबार साँझ नै प्रमुख शाहले सहरी विकास मन्त्री रामकुमारी झाँक्रीसँग परामर्श गरेका थिए।

Shivam cement

शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले वैज्ञानिक व्यवस्थापन गरेर फोहोर बञ्चरेडाँडा नै लैजाने बताएकी छन्। सिसडोल पुगेका प्रमुख शाहले दुर्गन्ध हटाउने केमिकलको प्रयोग गर्न र फोहोरबाट मल ग्यास बनाउने विधिको प्रयोग गर्न अझै केही महिना लाग्ने बताएका थिए। काठमाडौैं महानगरमा दैनिक ५१६ मेट्रिक टन फोहोर उत्पादन हुने गरेको छ।

प्रकाशित: Jun 03, 2022| 14:25 शुक्रबार, जेठ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।